जापानः निःशुल्क खान–बस्नका लागि जेल जान चाहन्छन् ज्येष्ठ नागरिक


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

जापानमा ज्येष्ठ नागरिकद्वारा गरिने अपराधमा वृद्धि भइरहेको छ । पछिल्लो २० वर्षमा वृद्ध–वृद्धा जेल जाने संख्या निकै बढिरहेको छ । जेलमा स्वतन्त्र भइने र खान–पिनको राम्रो व्यवस्था हुने भएकाले यस्तो भइरहेको बताइएको छ ।

जेलबाट छुटेका ज्येष्ठ नागरिकले यसको कारण गरिबी देखाएः

हिरोशिमामा बस्ने ६९ वर्षका तोशियो तकाताले आफू गरिब भएकाले नियम तोडेको बताए । उनले भने, ‘म यस्तो ठाउँमा जान चाहन्थेँ जहाँ निःशुल्क खानपिनको व्यवस्था होस्, चाहे त्यो जेल नै किन नहोस् । मैले निकै लामो समय पैसा बिना नै गुजारेको थिएँ ।’

तोशियोले पहिलो अपराध ६२ वर्षको उमेरमा गरेका थिए तर अदालतले उनीमाथि दया देखाउँदै एक वर्षको लागि मात्रै जेल पठायो । त्यसपछि उनले विभिन्न अपराध गरे । तोशियो भन्छन्, ‘मैले एकपटक महिलालाई पार्कमा चक्कु देखाएको थिएँ, ती महिलाले डराएर पुसिल बोलाओस् भन्ने मेरो चाहना थियो ।’ तोशियोले ८ वर्ष जेलमा बिताइसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेलको अनुभवबारे तोशियोले भने, ‘म त्यहाँ स्वतन्त्र हुन सक्थेँ । जब म बाहिर आएँ तब मैले जेलभित्र केही पैसा पनि कमाएँ । जेलमा बस्दा रत्तिभर पनि पीडा थिएन ।’

हरेक पाँच अपराधीमा एक वृद्धः

जापानमा ६५ वर्ष वा त्योभन्दा बढी उमेरमा मानिसहरुद्वार गरिने आपराधिक क्रियाकलापमा वृद्धि भइरहेको छ । सन् १९९७ मा २० अपराधीमा एक वृद्ध हुने गर्दथे । तोशियोजस्तै थुप्रै वृद्धले बारम्बार अपराध गरेका छन् । सन् २०१६ मा २५ सयबढी वृद्धालाई दोषी ठहराइएको थियो ।

७० वर्षकी एक वृद्धाले भनिन्, ‘म आफ्ना श्रीमानसँग बस्न चाहन्नथेँ । मसँग चोरी गर्ने सिवाय विकल्प बाँकी थिएँ । ८० वर्ष पार गरिसकेका महिला, जो राम्रोसँग हिड्न पनि सक्दैनन्, राम्रो–खानपिनको व्यवस्था नभएकाले अपराध गरिरहेका छन् ।

जनसांश्यिकी विशेषज्ञ माइकल न्यूमेनका अनुसार जापानमा ज्येष्ठ नागरिकको पेन्सनले जीवनयापन गर्न निकै समस्या छ । त्यहाँका वृद्ध–वृद्धा आफ्ना सन्तानमाथि बोझ बन्न चाहँदैनन् । उनीहरुलाई बच्चामाथि आश्रित हुनुको साटो जेलमा नै जान ठिक लाग्छ । जेलमा खानाको राम्रो व्यवस्था छ जसको बिल पनि तिर्नुपर्दैन । त्यसकारण त्यहाँका ज्येष्ठ नागरिक पटक–पटक अपराध गरेर जेल जान रुचाउँछन् ।

Ratopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com