नक्कली जाइर्यु कार्ड बनाई बिक्री गर्ने व्यक्ति पक्राउ


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

क्कली रेसिडेन्स कार्ड बनाएर बिक्री गर्ने धन्दामा संलग्न एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जापानको साइतामा केनस्थित कावागुचीमा बस्दै आएका ति व्यक्तिले जापानी जाइर्यु कार्ड लगायतका परिचयपत्रहरु घरमै बनाएर बेच्ने गरेको प्रहरीलाई उधृत गर्दै सान्केइ सिन्बुनले खबर लेखेको छ ।

जापानको अध्यागमन कानुनको उल्लंघन गरेको आरोपमा उनी सोमबार नियन्त्रणमा परेका हुन् ।

२७ बर्षिय ती चिनियाँ नागरिकले विदेशीहरुका लागि आवश्यक पर्ने रेसिडेन्स कार्ड, विमा कार्ड, माइनम्वर, पेन्सन कार्ड लगायतका कार्डहरु नक्कली बनाएर विक्री गर्दै आएका थिए ।

एउटा वेवसाइट बनाई अनलाइनमार्फतनै कारोबार गर्दै आएको र उनको संजाल जापानभर नै रहेको इमिग्रेशनका अधिकारीहरुको ठम्याई छ । प्रहरीले उनको कोठाबाट ल्यापटप, ल्यापटप र अरु डिभाइसमा राखिएका डेटाहरु, होलोग्राम शिल लगायतका सामग्रीहरु बरामद गरेको छ । उनले आफ्नो संजाल विस्तारका लागि सामाजिक संजाल (एसएनएस)को पनि प्रयोग गर्नेगरेको खुलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल जापानमा विना भिसा बसोबास गरिरहेका उनी सन् २०१५ को डिसेम्वरमा विद्यार्थी भिसामा जापान आएका थिए ।

सान्केइले लेखेको समाचार अनुसार उनले एजुकेन, तेजुकेन, पेन्सन कार्ड, स्वास्थ्य विमा, माइनम्वर कार्ड जस्ता कार्डहरु हुबहु बनाई विक्रि गर्दै आएको बुझिएको छ । यही डिसेम्बर र जनवरी महिनाभित्र मात्र सय भन्दा बढि यस्ता नक्कली कार्ड बनाएर विक्रि गरेको र उनले चिनियाँ सहित इण्डोनेसिया, भियतनामी नागरिकहरुलाई समेत त्यस्ता परिचयपत्रहरु बेचेको स्वीकारेका छन् । उनले हालसम्म करीव ५ हजार भन्दा बढि यस्ता कार्ड बनाई विक्रि गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

एउटा कार्डको ११ हजार येनमा विक्रि गर्दै आएको तथ्य पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले उनको ठूलो आपराधिक गिरोहसंग मिलेमतो रहेको हुन सक्ने आशंमा यस घटनामा थप अनुसन्धान जारी राखेको बताएको छ ।

स्मरण रहोस् नेपालको नक्कली लाइसेन्स बनाई जापानमा ड्राइभिङ लाइसेन्स निकाल्ने कसुर गरेको अभियोगमा केही महिना पहिले टोकियोबाट एक नेपाली समेत पक्राउ परेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com