अष्ट्रेलियामा यो वर्ष कम दक्षता र कमजोर अंग्रेजी भएकाहरुलाई पनि पीआरको अवसर


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

अष्ट्रेलियामा बसाईसराई गरि आउने विदेशीहरुको संख्या बढिरहेको छ। तर, बसाइसराई गरेर आउने तथा पढाइको लागि आउने अधिकांश सहरी क्षेत्रमै ‘सेटल’ हुन्छन् । त्यसैले अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्या तिव्र रुपले बढिरहेको छ भने रिजनल क्षेत्रमा व्यवसायीहरुले कामदार नपाएको गुनासो गरिरहेका छन् ।

अष्ट्रेलिया सरकारले रिजनल क्षेत्रमा उद्योग व्यवसायको विस्तार गरि त्यहाँको जनसंख्या संगै अर्थतन्त्रमा वृद्धि गर्न नयाँ भिसा योजना लागु गर्ने भएको छ । Designated Area Migration Agreements अन्तर्गतको उक्त भिसा सुरुमा नर्थन टेरीटरी र भिक्टोरियाको ग्रेट साउथर्न कोस्टमा लागु हुनेछ । यो भिसा सम्बन्ध सम्बन्धि सम्झौता अरु रिजनल क्षेत्रसंग पनि गरिने इमिग्रेसन मन्त्री डेभिड कोलम्यानले जनाएका छन् ।

पीआरको लागि पाथवेको रुपमा लिइएको उक्त भिसामा पेशागत सिप र अंग्रेजी भाषामा समेत कम दक्षता सहितको मापदण्ड रहनेछ । रिजनल क्षेत्रमा कृषि सम्बन्धि कामदारको उच्च माग रहेकोले यस योजना अन्तर्गत सुरुमा कृषि भिसालाई प्राथमिकतामा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com