अष्ट्रेलियाको भिसा प्रणालीमा २०१९ मा हुने पाँच महत्वपूर्ण परिवर्तनहरु


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

अष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा प्रणालीमा विभिन्न परिवर्तन ल्याएको छ । पाटनर भिसा, अभिभावक भिसा, विद्यार्थी भिसा, कामदार भिसा, उद्धमी भिसा आदिमा यो वर्ष देखि महत्वपूर्ण परिवर्तन हुनेछन् ।

१. विद्यार्थी भिसा

२०१९ मा अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुको लागि ‘शो मनि’ बढ्नेछ । एक्लै आउने विद्यार्थीले २० हजार २ सय ९० डलर र पाटनर सहित आउनेले त्यसमा थप ७ हजार १ सय डलरको ब्यालेन्स देखाउनु पर्नेछ । बच्चाको हकमा एकजना बच्चाको लागि ३ हजार ४० डलर देखाउनु पर्नेछ ।

२. अभिभावक भिसा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियामा रहने छोरा छोरीले लामो समय बस्नको लागि अष्ट्रेलिया ल्याउन पाउनेछन् । उक्त अभिभावक भिसा ३ वर्ष र ५ वर्ष अवधिको हुनेछ । तीन वर्षको भिसाको लागि ५ हजार डलर र पांच वर्षको भिसाको लागि १० हजार डलर लाग्नेछ । भिसा रिन्यु गरेर १० वर्षको अवधिसम्म बनाउन पाइनेछ ।

३. पाटनर भिसा

घरेलु हिंसा अन्त्यको लागि अष्ट्रेलिया सरकारले कडाइ गर्ने भएको छ । गत नोभेम्बरमा पास भएको नियम अनुसार २०१९ देखि पाटनर भिसाको लागि आवेदन दिने स्पोन्सरको चारित्रिक जांचमा कडाइ गरिनेछ । यसको लागि पाटनर भिसा प्राप्त गर्न केही लामो समय लाग्नेछ ।

४. कम्पनीद्वारा स्पोन्सर गरिएको

अष्ट्रेलियाको गृह मन्त्रालय विभागले स्पोन्सर गरिएका कामदारलाई कम तलब दिने कम्पनीहरुको बारेमा निगरानी बढाउनेछ । विभागले ४५७/४८२ अन्तर्गत रहने कामदारहरुको ट्याक्स फाइल नम्बर संकलन गर्नेछ । त्यसको आधारमा विभागले कम्पनीले उचित तलब दिए/नदिएको जांच गर्नेछ र कारबाही अगाडी बढाउनेछ ।

५. उद्धमी भिसा

दक्षिण अष्ट्रेलियाले व्यवसायिक भिसा भन्दा सजिलो गरि उद्धमी भिसा उपलब्ध गराउने योजना अगाडी बढाएको छ । यो भिसाको लागि आइएलटिएसमा ५ ल्याए हुनेछ भने २ लाख डलरको लगानी पनि आवश्यक पर्नेछैन । यसको लागि रचनात्मक आइडिया रहेको बिजनेस प्लान सहितको निवेदन बुझाउनुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com