अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष बार्षिक सम्बोधन फरबरी ५ मा हुने भएको छ । प्रतिनिधिसभाकी समामुख न्यान्सी पेलोसीले फरबरी ५ का लागि दिएको सुझाव ह्वाइट हाउसले स्वीकारेको हो ।
राष्ट्रपति ट्रम्पले फरबरी ५ मा अमेरिकी संसदको संयुक्त सभामा सम्बोधन गर्ने भएका छन् । यसअगाडि ट्रम्पको स्टेट अफ द युनियन सम्बोधन जनवरी २९ का लागि तय भएको थियो ।
स्टेट अफ युनियन सम्बोधन अमेरिकी राष्ट्रपतिको विशेष बार्षिक सम्बोधन हो । अमेरिकी सरकार शटडाउनका बेला सम्बोधन नगर्न हाउस स्पीकर न्यान्सी पेलोसीले सुझाव दिएपछि ह्वाइटहाउस र पेलोसीबीच तनाव उत्पन्न भएको थियो । ह्वाइ हाउसले पेलोसीको भ्रमणका लागि विमान नै उपलब्ध नगराउने सम्मको अवस्था आएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।