अमेरिकाका यी कम्पनीले धमाधम कर्मचारी निकाल्न थाले


प्रकाशित मिति : माघ १३, २०७५ आईतबार

संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् ।विज्ञापन–आश्रित आर्थिक मोडेल अफाप रहेको सङ्केत जनाउने गरी यी दुबै सञ्चार संस्थाको आर्थिक स्थिति सकङ्टपूर्ण बन्दै गएको छ ।

बजफीडले १४ महिनाभित्रै दोस्रो पटक कर्मचारी कटौती गरेको हो । बजफीडले दोस्रो पटक २०० कर्मचारी हटाउन आन्तरिक सूचना जारी गरेको छ । पहिलो पटक कम्पनीले १०० जना कर्मचारी हटाएको थियो । यो समाचार संस्थामा एक हजार ७०० कर्मचारी कार्यरत थिए ।

हफपोस्टमा पनि सम्पादकीय विभागमा कार्यरत करिब १० प्रतिशत पत्रकार कटौती गरेको छ । हफपोस्टले पत्रकार कटौतीका बारेमा स्पष्ट गरेको छैन ।  हफपोस्टको संस्थापक कम्पनी भेरिजोन मिडिया आफैँले पनि आफ्ना अरु कम्पनीबाट कर्मचारी हटाउँदैछ । भेरिजोनले हाल एओएल, याहू र भेरिजोन मिडिया सर्भिसेज सञ्चालन गरिरहेको छ ।

‘ठूलो संख्याका पाठक, श्रोतालाई आफूतिर आकर्षित गर्ने र विज्ञापनको ठूलो हिस्सा ओगट्ने मनसायबाट यी सञ्चार माध्यमहरु स्थापना गरिएको थियो,’ पोइन्टर इन्स्टिच्यूटका मिडिया विश्लेषक रिक एडमन्डले बताए । ‘तर, गूगल र फेसबुकले बजारमा अनपेक्षित सफलता प्राप्त गरे । यी दुई संस्था सूचना सङ्कलनमा अग्रणी देखिए र ठूलो संख्यामा पाठक, श्रोतालाई पनि आकर्षित गरे ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इमार्केटियरको प्रक्षेपण अनुसार, गूगल र फेसबुकले सन् २०१८ को कूल इन्टरनेट विज्ञापनको करिब ५८ प्रतिशत हिस्सा ओगटेका थिए । सन् २०११ मा यी दुईले करिब ४६ प्रतिशत बजार ओगटेका थिए । अर्को ठूलो कम्पनी अमेजनले आफूलाई तेस्रो नम्बरमा उभ्याएको छ ।

‘निःशुल्क, विज्ञापन–आधारित मोडेल अपनाउने डिजिटल मिडिया अहिले सङ्कटमा पर्न थालेका छन्,’ नर्थइस्टर्न युनिभर्सिटीमा पत्रकारिताका प्राध्यापक ड्यान केनेडीले बताए ।

तर, केनेडीको विचारमा बजफीड र हफपोस्ट दुबै बजारबाट विलुप्त हुने सम्भावना छैन ।

बजफीडका प्रमुख कार्यकारी अधिकृत एवं सहसंस्थापक जोनाह पेरेटीले आर्थिक सङ्कट उत्पन्न भए अरु संस्थासँग गाभिन सक्ने बताए । उनी हफपोस्टको सहसंस्थापक पनि हुन् ।

उनले सार्वजनिक रुपमै भाइस, भक्स, रिफाइनरी२९ र ग्रुप नाइनलाई गाभ्न सकिने बताएका छन् । यी सबै इन्टरनेट आधारित सञ्चार माध्यम हुन् । यी सञ्चार माध्यमले भिडियो सेवा पनि सञ्चालन गरिरहेका छन्, तर विगत १८ महिनाभित्रै यिनीहरुले पनि कर्मचारी कटौती गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com