घर छाड्न भनेपछि अमेरिकामा एक युवाले गरे बाबुआमा र अरु तीनको हत्या
प्रकाशित मिति : माघ १३, २०७५ आईतबार
अमेरिकाको लुजियानामा एकजना २१ बर्षीय युवाले बुबाआमा र अरु तीनजनाको हत्या गरेको प्रहरीले जनाएको छ । डाकोटा थेरियोट नामको उक्त युवाले दुई स्थानमा गोली हानेर पाँचजनाको हत्या गरेको जनाइएको छ ।
तीनजनाको शव लिभिंस्टोनमा मोबाइल होमभित्र भेटिएको थियो भने अरु दुईजनाको शव गोन्जालेजमा निवासभित्र भेटिएको थियो । प्रहरीले घटनामा संलग्न युवाको खोजी गरिरहेको छ ।
उक्त युवाले बुबाआमाको बेडरुपमा छिरेर बन्दुक चलाएर हत्या गरेको थियो । त्यसपछि अर्को स्थानमा पुगेर उनीहरुका साथीहरुको पनि हत्या गरेको थियो ।
बन्दुकधारी छोटो समयका लागि बुबाआमासँगै बस्दै आएको थियो । उसलाई बुबाआमाले घर छाड्न र फेरी कहिले नफर्कन दवाव दिदै आएका थिए । हतियारको गैरकानुनी प्रयोग गरेको र घरेलु नरसंहार गरेको अभियोगमा प्रहरीले खोजी गरिरहेको छ ।






