आइतबार जापानको ठूलो क्षेत्रमा भारी हिमपात हुनसक्ने, सुरक्षित रहन आग्रह


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

निरन्तर चिसो बहाबका कारण जापानका धेरै क्षेत्रहरुमा आइतबार भारी हिउँ पर्ने यहाँका मौषम अधिकारीहरुले जनाएका छन् । हिउँका कारण हुनसक्ने जोखिमका लागि सतर्क रहन उनीहरुले आग्रह समेत गरेका छन् ।

जापान मेटोरोलोजिकल एजेन्सीका अनुसार शनिवार निगाता प्रिफेक्चरको जोएचु सहरमा १ दशमलब ३५ मिटर हिउँ जमेको थियो भने नागानो प्रिफेक्चरको एक गाउँमा १ दशमलव १५ मिटरसम्म हिमपात भएको थियो ।

मौषम अधिकारीहरुका अनुसार आगामी २४ घण्टाभित्र निगातामा थप १ मिटर र नागानोमा थप ८० सेन्टिमिटर हिमपात हुने अनुमान छ ।

पश्चिमी जापानका विभिन्न क्षेत्रहरुमा २० सेन्टिमिटर देखि ७० सेन्टिमिटर सम्म बाक्लो हिउँ पर्नसक्ने अनुमान छ । मौषम अधिकारीहरुले हिउँसंग सम्बन्धित दुर्घटनाहरुबाट जोजिन पनि सुझाव दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबारदेखिनै चलेको चिसो हावाका कारण जापानका धेरै स्थानहरुमा चिसो निकै बढेको छ । शनिबार र आइतबार पश्चिमी र पूर्वी जापानका धेरै स्थानहरुमा भारी हिमपात हुनसक्ने अनुमान मेटोरोलोजिकल एजेन्सीको छ ।

हिउँ हटाउने क्रममा एकको मृत्यु

हिउँ हटाउने क्रममा घरको छानाबाट लडेर निगाता केनमा बस्ने ७६ बर्षिय जापानी नागरिकको मृत्यु भएको छ । शनिबार करिब पौने ४ बजेको समयमा घरको छानामा रहेको हिउँ हटाउने क्रममा लडेर बेहोस भएका उनको हस्पिटल लैजाँदैगर्दा मृत्यु भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com