टेक्सासमा ट्रेन र स्कुल बस जुध्यो, एक विद्यार्थीको मृत्यु
प्रकाशित मिति : माघ १२, २०७५ शनिबार
टेक्सासको एथेन्समा स्कुलबस र ट्रेन एकआपसमा ठोक्किदा एकजना विद्यार्थीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । ज्यान गुमाउने विद्यार्थी माध्यामिक विद्यालयका छात्र रहेको जनाइएको छ ।
घाइते हुने विद्यार्थी भने छात्रा रहेको जनाइएको छ । उनलाई तत्काल हवाई एम्बुलेन्समार्फत अस्पताल लगिएपनि उनको अवस्थाबारे केही जानकारी प्राप्त भएको छैन ।
बस ड्राइभरलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ । बसमा अरु यात्रुहरु नरहेको जनाइएको छ । एथेन्स डालसबाट ७० माइल दक्षिणपूर्वमा पर्छ ।






