अन्तत : पछि हटे ट्रम्प, अन्त्य हुने भयो सरकार शटडाउन
प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार
डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउन तीनसाताका लागि अन्त्य गर्नेसम्झौतामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएका छन् । उक्त सम्झौतमा राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि माग गर्दै आएको रकम भने समावेश छैन ।
राष्ट्रपति ट्रम्पले सिमानामा पर्खाल निर्माणका लागि ५ दशमवल ७ बिलियन डलर नछुट्याएसम्म कुनै पनि विधयेकमा हस्ताक्षर नगर्ने अडान लिएका थिए । सरकार शटडाउनको ३५ औं दिनमा बोल्दै ट्रम्पले १५ फरबरीसम्मका लागि सरकार शटडाउन अन्त्य गर्ने सम्झौताको घोषणा गर्न पाउँदा आफूलाई निकै गर्व लागेको बताए ।
शटडाउनका कारण प्रभावित संघीय कर्मचारीहरुले पूर्णरुपमा पेमेन्ट प्राप्त गर्ने पनि ट्रम्पले आश्वासन दिएका छन् । सिमानामा पर्खाल लगाउने विषय समावेश गरेर सहमति कायम नभए फरबरी १५ पछि पुन सरकार शटडाउन हुनसक्ने ट्रम्पले बताएका छन् ।





