मलेसियाका नयाँ राजाले जनवरी ३१ मा राज्यारोहण गर्ने, यी हुन् नयाँ राजा


प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार

मलेशियामा राजाले गद्दी परित्याग गरेपछि त्यहाँको राजसभा मजलिस राजा-राजाले पहाङका सुल्तान अब्दुल्लाहलाई मतदानबाट नयाँ राजा छानेको छ। दुई वर्षअघि पाँच वर्षका लागि राजा छानिएका सुल्तान मुहम्मद पञ्चमले केही हप्ताअघि अचानक पदत्याग गरेका थिए। मलेशियाको इतिहासमा आफ्नो कार्यकाल पूरा नगर्ने उनी पहिलो राजा हुन्।

मलेशियामा संवैधानिक राजतन्त्र छ। तर राजाहरू दैनिक प्रशासनमा संलग्न हुँदैनन्। नयाँ राजाले जनवरी ३१ मा राज्यारोहण गर्ने अपेक्षा गरिएको छ। उनले जेनुअरी १५ मा पहाङ राज्यको सुल्तानको पदभार ग्रहण गरेका थिए।

सुल्तान मुहम्मद पञ्चम गत नोभेम्बर महिनादेखि बिरामी बिदामा बसेका थिए। त्यही महिना उनले भूतपूर्व मिस मस्कोसँग रुसको राजधानीमा विवाह गरेको देखाउने तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भए।

तर उनले पदत्याग गर्नुको कारण सार्वजनिक गरिएको छैन। राज्यारोहण गर्दा उनी ४७ वर्षका थिए। उनले पदत्याग गरेपछि मलेशियाको राजतन्त्रबारे चर्चा भएको छ। त्यहाँ अरू ठाउँमा भन्दा पृथक् चक्रीय प्रणालीबाट राजा छानिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com