उनी अहिले आफ्नो युट्यूब च्यानलको काममा व्यस्त रहेको बताइन्छ । त्यो बाहेक पनि उनी आफ्नो कुकुर ‘डायना चोपडा’ का कारण चर्चामा छिन् । हालै मात्र उनले आफ्नो कुकुर डायनाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । तस्बिरमा कुकुर बेडमा बसिरहेको र हुडी ज्याकेट लगाएको देख्न सकिन्छ ।
प्रियंकाले फोटोसँगै क्याप्सन लेखेकी छिन्, ‘लस एञ्जलसमा निकै चिसो छ । ज्याकेटका लागि मोन्क्लरलाई धन्यवाद ।’ कुकुरलाई ज्याकेट त सबैले लगाइदिन्छन् । तर प्रियंकाको कुकुरले लगाएको ज्याकेटको मूल्यले भने सबैलाई चकित तुल्याउनेछ ।
प्रियंकाको कुकुरको ज्याकेटको मूल्य ५१ हजार ६ सय ५४ अमेरिकी डलर(झण्डै ५९ लाख नेपाली रुपैयाँ) रहेको इन्डिया टुडेले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।