प्रचण्डको पूरै परिवार बिरामी


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूरै परिवार भाइरलले ग्रसित बनेको छ ।

प्रचण्ड स्वयम् पनि भाइरल ज्वरो, रुघाखोकी र टाउको दुख्ने समस्याले अस्वस्थ हुनुभएको छ भने पत्नी सीता दाहाल, बुहारी विना मगर, नाति प्रणव र नातिनी स्मिता पनि बिरामी परेका छन् ।

अस्वस्थ भएसँगै प्रचण्डलाई सार्वजनिक कार्यक्रममा नजान चिकित्सकले सुझाव दिएको उहाँको निजी सचिवालयले जनाएको छ । परिवारका एक सदस्यका अनुसार प्रचण्डलाई मौसमी भाइरलले केही दिनअघिबाटै ग्रस्त बनाएकोमा सोमबारदेखि झनै बढी भएपछि घरमै आराम गरिरहनुभएको छ ।

यसैबीच, अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना हुनुभएकी प्रचण्डकी बुहारी एवम् खानेपानी मन्त्री विना मगर मंगलबार साँझ नै अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । आइतबार अस्पताल भर्ना हुनुभएकी प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com