ब्रिसबेनमा बस्ने २४ वर्षिया स्यालीना ड्याभिसले बिहान उठेर अफिस जाने तयारि गर्दै थिइन् । खानाको लागि मफिन तयार गर्न उनले दराजबाट टोस्टर निकालीन् । त्यसपछि मफिन तयार गर्न थालिन् ।
केही सेकेन्ड पछि टोस्टरबाट अनौठो आवाज निस्किन थाल्यो । उनलाई टोस्टर जल्यो कि भन्ने लाग्यो र मफिन निकालीन् । त्यसपछि टोस्टरमा हेर्दा उनको साटो गयो ।
टोस्टर भित्र सर्प अत्तालिएर आवाज निकालिरहेको थियो । युवती चिच्याईन् । त्यसपछि टोस्टर बाहिर निकालेर सर्पलाई निस्किन दिन कोसिस गरे । तर सर्प लगभग मरिसकेको थियो । अहिले पनि सम्झिंदा उनलाई डर लाग्छ कि, उनले पाइथन पकाइरहेकी थिइन् , आफ्नो खाजाको रुपमा ।
पाइथन भएपनि बच्चा भएकोले टोस्टर भित्र अटेको बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।