सयजना कुटनीतिज्ञहरुले लेखे चिनियाँ राष्ट्रपति सीलाई पत्र


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

करिब सय जना पूर्व कूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानाडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन् ।

चीन सरकारले दुई क्यानाडेली नागरिकलाई चीन विरुद्ध गुप्तचरी गरेको आरोपमा गिरफ्तार गरेको छ । चीन सरकारले चिनियाँ राज्यको सुरक्षाका विरुद्धमा सूचना चुहाएको भन्दै उनीहरुलाई थुनामा राखेको हो ।

चिनियाँ सरकारको नियन्त्रणमा रहेकामा क्यानाडेली पूर्व कूटनीतिज्ञ माइकेल कोभरिग र व्यापारी माइकल स्पाभोर रहेका छन् । उनीहरुलाई गत डिसेम्बर १० मा चीनमा पक्राउ गरिएको थियो ।

उनीहरुलाई हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिकाको अनुरोधमा क्यानाडामा गरिएको पक्राउको बदलास्वरुप पक्राउ गरिएको अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीको हुवावेले उल्लङ्घन गरेको आरोप अमेरिकाले लगाएको छ । तर सो आरोप हुवावेले अस्वीकार गरिरहेको छ ।

अङ्ग्रेजी र चिनियाँ भाषामा लेखिएको उक्त पत्रमा हाल चीनको थुनामा रहेका ती दुई जना क्यानाडेली नागरिकले चीनको बारेमा थप अध्ययन गरी अरु विश्वसँगको सम्बन्धमा थप सहयोग पुर्याएको बताइएको छ ।

उक्त पत्रमा विश्वका १९ देशका १४३ जना पूर्व कूटनीतिज्ञ र प्राज्ञहरु रहेका छन् । उनीहरुले सो पत्रमा हाल थुनामा राखिएका ती दुई जना क्यानाडेली नागरिकले रचनात्मक कार्य गर्दागर्दै पनि पक्राउ परेकाले अब चीनमा बसेर यस्तै काम गर्न पनि जोखिम रहेको भन्ने सन्देश दिएको जनाइएको छ ।

गत महिना भएको वान्झाउको पक्राउ पछि चीन र क्यानाडाको सम्बन्धमा ठूलो तनाव उत्पन्न भएको छ । यस्तै तनावकैबीच थप दुई क्यानाडेली नागरिक चीनमा पक्राउ परेका छन् । यसरी यी दुई देशबीच कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको समयमा यो पत्र सार्वजनिक भएको छ । –एएफपी 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com