अष्ट्रेलियाको मेलबर्नमा तेस्रो मःम फेष्टिबलको तयारी


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

अष्ट्रेलियाको मेलबर्नमा यस वर्ष फेरि मःम फेष्टिबल हुने भएको छ । आगामी मार्च महिनामा तेस्रो पटक मःम फेष्टिबल हुने भएको हो । मार्च १७ मा हुने मःम फेष्टिबल स्थानीय कोबर्ग वेलोड्रोममा हुनेछ ।

नेपाली संस्कृति,संगीत र नेपाली खानाको एकसाथ प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुने मःम फेष्टिबलमा मःमका ३० भन्दा बढी प्रकार उपलब्ध हुने बताइएको छ । फेष्टिबलमा नेपाली ब्याण्ड र डिजेहरुले सांगीतिक प्रस्तुति दिनेछन् । साथै नेपाली मौलिक नृत्यहरु समेत रहनेछन् ।

निशुल्क प्रवेशको व्यवस्था मिलाइने फेष्टिबलमा आउनेहरुलाई आफ्नो साथमा केही सिक्का बोकेर आउन अपिल गरिएको छ । त्यसरी प्राप्त भएका डोनेशन सिक्का नेपालको च्यारिटी संस्था एमआइटी ग्रुप फाउन्डेशनलाई प्रदान गरिनेछ । फाउन्डेशनले नेपालका विभिन्न दुर्गम क्षेत्रमा विद्यालय तथा स्वास्थ्य केन्द्रहरु स्थापना गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com