आदिवासी अमेरिकन बृद्धको अपमान गरेको आरोप टिनएजरबाट अस्वीकार


प्रकाशित मिति : माघ ७, २०७५ सोमबार

एकजना आदिवासी अमेरिकन र विद्यार्थीहरुको समुहबीचको जम्काभेटको विवादास्पद भिडियो सार्वजनिक भएपछि उक्त घटनामा संलग्न अमेरिकन टिनएजरले घटनाबारे मुख खोलेका छन् । ती टिनएजरले आफ्नो उद्देश्य ती बृद्धको अपमान गर्नु नरहेको बताएका छन् ।

वासिंटनमा अमेरिकन आदिवासी नाथन फिलिप्सले ढ्यांग्रो बजाउँदै गीत गाउँदा अगाडि उभिएर उनको आँखामा एकटकले हेरिरहेका टिनएजर निक स्याण्डम्यानको भिडियो भाइरल भएको थियो । त्यसपछि टिनएजर निकले आदिवासी अमेरिकन बृद्धको अपमान गरेको भन्दै ब्यापक आलोचना भएको थियो ।

आफूले कुनै हाउभाउ वा आक्रमक गतिविधि नगरेको बरु शान्त र अचल बसेर स्थीतिलाई नियन्त्रणबाहिर जानबाट रोक्न मद्दत गरेको टिनएजर निकले बताएका छन् । भिडियोमा मेक अमेरिका ग्रेट अगेन लेखेको टोपी लगाएका ती विद्यार्थीले ढ्यांग्रो बजाउँदै मन्त्र जपेका बृद्धालाई एकटकले हेरिरहेको देख्न सकिन्छ ।

 

View this post on Instagram

 

A post shared by KC???? (@ka_ya11) on

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार केन्टकीको कोभिंटन क्याथोलिक हाइस्कुलका विद्यार्थीहरु गर्भपतनबिरुद्धको एउटा प्रदर्शनपछि लिंकन मेमोरियलमा जम्मा भएका थिए । उनीहरु अधिकांश गोरा अमेरिकनहरु थिए भने मेक अमेरिका ग्रेट अगेनको टोपी लगाएका थिए ।

भियतनाम युद्धका भेट्रान समेत रहेका आदिवासी अमेरिकन फिलिप र अरु आदिवासी अमेरिकन अधिकारकर्मीहरु पनि मेमोरियलमा जम्मा भएका थिए । उनीहरुले आदिवासीहरुको प्रदर्शनमा भाग लिइरहेका थिए । त्यती नै बेला आफूलाई हिबु्र इजरायली बताउने अश्वेतहरुको एउटा समुह आएर आदिवासीहरु र विद्यार्थीहरुको अपमान हुनेगरी हुलदंगा गरेका थिए ।

त्यसपछि विद्यार्थीहरुको समुहले प्राथना र नाराबाजी सुरु गरेको थियो भने एकजनाले आफ्नो शरिरको माथिपट्टी लगाएको कपडा समेत खोलेका थिए । त्यसपछि आदिवासी बृद्ध फिलिप विद्यार्थीहरु भएको स्थानमा पुगेर ढ्यांग्रो बजाउँदै प्राथना सुरु गरेका थिए । स्थीतिलाई नियन्त्रणमा लिन उनले त्यसो गरेको बताएका छन् ।

फिलिप विद्यार्थीहरुबाट घेरिएका थिए भने केही विद्यार्थीहरुले नाराबाजी, मन्त्रोच्चारण र प्राथना समेत सुरु गरेका थिए । त्यसैबेला विद्यार्थी स्याण्डम्यान फिलिपको सिधा अगाडि उभिएर मुस्कुराएको र अरु विद्यार्थीहरुले तालिबजाउँदै चिच्याएको र हाँसेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि विद्यार्थीहरुले बृद्धलाई जिस्काएको र अपमान गरेको भन्दै आलोचना भएको थियो ।

कोभिंटन क्याथोलिक हाइस्कुलले समेत बृद्धसमक्ष माफी माग्दै घटनाबारे अनुसन्धान गर्ने जनाएको छ । यसैबीच सिस्टर अफ मर्सी नामको क्याथोलिक समुहले पनि आदिवासीहरुप्रति विद्यार्थीहरुले अपमान गरेको भन्दै आलोचना गरेको छ ।

यद्यपी विद्यार्थीहरुका समर्थकहरुले भने हिब्रु इजरायली बताउने अश्वेत समुहले विद्यार्थीहरुलाई गालीगलौज गर्दै हुलदंगा मच्याएको र फिलिप आफै ढ्यांग्रो बजाउँदै विद्यार्थीहरु भएको स्थानमा पुगेको बताएका छन् । फिलिपका अगाडि मुस्कुराएर उभिएका विद्यार्थी स्याण्डम्यानले आफूबिरुद्धको झुठ फैलिएको र घटनाका कारण आफूलाई ज्यानमार्ने धम्की आएको गुनासो गरेका छन् ।

निक स्याण्डम्यानका अनुशार अश्वेत प्रदर्शनकारीहरुले विद्यार्थीहरुलाई व्यभिचारी र जादिवादी भन्दै गाली गरेका थिए । सार्वजनिक रुपमा गालीगलौज भएपछि विद्यार्थीहरुले शिक्षकको अनुमतिमा घृणाजनक गालीबिरुद्ध धार्मिक मन्त्रोच्चारण गर्न सुरु गरेका थिए ।

त्यती नै बेला फिलिप प्राथना गर्दै र ढ्यांग्रो बजाउँदै आफूतिर आएको तथा आफ्नो अनुहारमा एकटकले हेरेको विद्यार्थीले बताएका छन् । विद्यार्थीले भनेका छन् मैले आदिवासी अमेरिकनको प्रदर्शनमा अवरोध सृजना गरेको थिइन । मैले कुनै गलत आशयले पनि उनको अनुहारमा हेरेको थिएन । मैले आफू नरिसाएको उनले थाहा पाउन् भनेर बीचमा मुस्कुराएको समेत थिएँ ।

सम्पूर्ण घटनाको दौरानमा विद्यार्थीहरुले केबल स्कुलको प्राथना गरेको र कुनै घृणाजनक कुराहरु नबोलेको जनाइएको छ । तर फिलिपले भने विद्यार्थीहरुले पर्खाल लगाउनुपर्छ भन्दै चिच्याएको बताएका छन् । भिडियोमा त्यस्तो कतै नसुनिएपनि घटना प्रत्यक्षदर्शी संचारकर्मीहरुले पनि पर्खाल बनाउ र ट्रम्प २०२० जस्ता नाराहरु आफूले सुनेको बताएका छन् ।

आदिवासी फिलिपले प्राथनाका लागि आफू लिंकन स्ट्याचु जाने क्रममा एकजना विद्यार्थीले रोकेको आरोप लगाएका छन् । आफ्नो राज्यमा यस्ता आदिवासीहरु जड्याहाहरुबाहेक कोही नभएको भन्दै विद्यार्थीहरुले कुरा गरेको आफूले सुनेको फिलिपले दावी गरेका छन् ।

यसैबीच हिब्रु इजरायली अश्वेत समुहका तर्फबाट एउटा भिडियो सार्वजनिक गर्दै घटनाको सुरुवात विद्यार्थीहरुले गरेको आरोप लगाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com