बेलायतकी महारानीको श्रीमानले सिटबेल्ट नलगाएको तस्बिर बाहिरपछि प्रहरीमा बोलाएर केरकार


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

बीबीसी

ब्रिटेनको नोरफोल्क प्रहरीले आफूहरुले ड्युक अफ एडीनवर्गलाई सिटबेल्ट नलगाएको विषयमा बोलाएर सोधपुछ गरेको बताएको छ ।

ड्युक अफ एडीनवर्ग ब्रिटेनकी महारानी एलिजावेथ द्वितियका श्रीमान राजकुमार फिलिपको पदावी हो ।

प्रहरीकी प्रवक्ताले आफूहरुले “गाडीका चालकलाई बोलाएर उपयुक्त सुझाव दिएको” बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिलिपले सिटबेल्ट नलगाएको तस्विर जुन दिन भनिएको छ, सोही दिन उनको गाडीले एक सर्वसाधरणको गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा फिलिपको कारले ठक्कर दिएको गाडीमा दुई महिला र एक ९ महिने शिशु सवार थिए । कारलाई २८ वर्षे महिलाले चलाइरहेकी थिइन् । उनको घुडाँमा चोट लागेको छ भने कारमा सवार ४५ वर्षे एम्मा फेयरवेदरको हात भाँच्चिएको छ । शिशुको अवस्था भने सामान्य रहेको छ ।

राजकुमार फिलिपलाई पनि कुनै पनि चोटपटक लागेको छैन ।

एम्माले बेलायती पत्रिका ‘मिरर’ सँग कुरा गर्दै ड्यूकले आफूसँग माफी नमागेको बताइन् ।

तर राजदरवारकी एक प्रवक्ताले कार धनीलाई ‘शुभेच्छा’ व्यक्त गर्न सम्पर्कको प्रयास भइरहेको बताइन् ।

बिहीबार फिलिप चढेको ल्याण्ड–रोभर स्याण्ड्रीग्राममा दुर्घटना भएको थियो । त्यसको दुई दिनपछि ‘डेली मेल’ र ‘द सन’ ले ९७ वर्षीया फिलिपले सिटबेल्ट नलगाई एक्लै गाडी चलाइरहेको तस्बिर छापेका थिए ।

नोरफोक प्रहरीकी प्रवक्ताले प्रहरीलाई फोटोको बारेमा जानकारी रहेको र चालकसँग कुरा गरेको बताइन् ।

“यस्तो खालको कानुन उलंघन भएको तस्बिर बाहिरिँदा जे गर्नुपर्ने हो हामीहरुले त्यही गरेको छौं ,” उनले भनिन् ।

“म भाग्यले बाँचे तर उनले ‘सरी’ पनि भनेनन् ,” फेयरवेदरले मिररसँग कुरा गर्दै भनिन्, “यो बीच निक्कै दुःखद र पीडादायी समय रह्यो । शाही परिवारबाट म यो भन्दा बढी चाहन्थे ।”

उनले शाही परिवारबाट कुनै खालको सम्पर्क नभएको बरु शाही परिवारसम्बद्ध एक प्रहरी अधिकृतबाट फोन आएको बताइन् ।

“अधिकृतले भनेको कुरा पनि अर्थ न वर्थको थियो । उसले फोनमा महारानी र ड्युक अफ एडीनवर्गले तपाईँको सम्झना गर्नुभएको छ भने” उनले भनिन् ।

“त्यो त न क्षमा मागेको भयो न त शुभेच्छा नै भयो,”

ब्रिटेनमा सिटबेल्ट नबान्नेलाई कस्तो छ कानून ?

– चालक र यात्रुले सिटबेल्ट बान्नै पर्छ । तथापी केही अवस्थामा छुट भने पाइन्छ्, जस्तो चालकले गाडि पछाडि फर्काइरहदाँ सिटबेल्ट नबान्दा पनि फरक पर्दैन ।

– सिटबेल्ट नलगाइएको चालकलाई प्रहरीले पक्रेमा ठाउँको ठाउँ १०० पाउण्ड(नेपाली लगभग १४,५००) जरिवाना तिराउँछ ।

– चालकहरुले सिटबेल्ट नलगाएको पाइएमा ‘पेनाल्टी प्याइन्ट’ पाउदैनन् ।

महारानी पनि सिटबेल्टबीना नै सवार

राजकुमार फिलिपको गाडी दुर्घटनामा परेको भोलिपल्ट महारानी एलिजावेथ द्वितिया पनि सिटबेल्टबीना नै गाडी चलाइरहेको फोटो बाहिरिएको छ ।

राजकुमार फिलिपले सिटबेल्ट नलगाई गाडी चलाएको तस्बिर छापेको डेली मेलले नै महारानीको पनि तस्विर छापिएको थियो ।

९२ वर्षीया ब्रिटिस महारानीले शुक्रबार त्यही स्थानमा चलाइरहेको देखिएकी थिइन्, जहाँ अघिल्लो दिन फिलिपले सर्वसाधरणको कारमा ठक्कर दिएका थिए ।

एलिजावेथ द्वितिया लाइसेन्सबीना गाडी चलाउन पाउने एक मात्र ब्रिटिस हुन् । उनले द्तििय विश्वयुद्धको समयमा अनुदान पुर्याउने क्रममा गाडी चलाउन सिकेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com