हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई


प्रकाशित मिति : ६ माघ २०७५, आइतबार

पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।

बाल्टिक बन्दरगाहमा पर्ने जिडान्स्कका उदारवादी मेयर पावेलको सोमबार हत्या भएको थियो । त्रिपन्न वर्षीय अडामोविक्ज झण्डै २० वर्षदेखि त्यस सहरको मेयर हुनुुहुन्थ्यो ।

परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरूको अगाडि धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

“उहाँलाई विदा गर्नुपर्दा हामीलाई आफ्नै परिवारको सदस्यलाई सदाका लागि बिदा गरेजस्तै भएको छ,” स्थानीय एक बासिन्दा राफेल जन्कोवस्कीले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँको अन्त्येष्टि कार्यक्रममा राष्ट्रपति अन्डर्जेज डुडा, युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्क, पोल्यान्डका पूर्व राष्ट्रपति लेक वालेसा लगायत ३५ भन्दा बढी वरिष्ट व्यक्तिहरु सहभागी थिए ।

विश्वकै ठूलो मानिने सेन्ट म्यारीको बासिलिका चर्चमा उहाँको अन्त्येष्टि गरिएको हो । उहाँको निधनको शोकमा सरकारले एक दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com