अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको गोप्य राजीनामा


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिनुभएको छ ।

मानव तस्करीको अभियोग लागेपछि सरकारको निर्देशनमा राजदूत शेर्पाले राजीनामा दिनुभएको हो । झण्डै एक महिना लामो नेपाल बसाइमा आफूविरुद्ध लागेका केही गम्भीर आरोपबारे राजदूत शेर्पाले सफाइ दिए पनि त्यसबाट सरकार सन्तुष्ट नभएपछि उहाँलाई राजीनामा दिन निर्देशन दिइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अष्ट्रेलियाबाट स्वदेश फर्कन र आवश्यक न्यूनतम् कुटनीतिक औपचारिकता पूरा गर्न उहाँको राजीनामा गोप्य राखिएको छ । राजदूत शेर्पा हाल अष्ट्रेलियामा रहनुभएको छ ।

आफ्ना एक निजी सहायकले मानव तस्करीको आरोप लगाएपछि राजदूत शेर्पालाई सरकारले आवश्यक सोधपुछका लागि नेपाल झिकाएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com