वृद्धाले बान्ता गर्न गुडिरहेको बसको झ्यालबाट टाउको निकालिन्, खम्बामा ठोक्किँदा टाउको छुट्टियो


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

यात्राको क्रममा मानिसहरुले थुप्रै पटक यस्ता स–साना गल्ती गर्छन् जसले ठूलो दुर्घटना निम्त्याउँछ । यस्तै एक मामला भारतको मध्य प्रदेशस्थित पन्ना जिल्लामा भएको छ । यहाँकी एक वृद्धाले बस यात्राको क्रममा झ्यालबाट टाउको बाहिर निकाल्नु निकै भयानक साबित भयो ।

ती वृद्धाले सँगै बसेकी महिलासँग दुर्घटना हुनु एकैछिन अघिमात्र सिट परिवर्तन गरेकी थिइन् । उनले बान्ता गर्न गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्ने बित्तिकै उनको टाउको काटिएर बाहिर खस्यो । घटना शुक्रबारको हो ।

भारतको कोतवाली पुलिस थानाका इन्स्पेक्टर अरविन्द कुजुरको भनाई उद्धृत गर्दै पीटीआईले दिएको जानकारी अनुसार छतरपुरबाट पन्ना हुँदै सतना जाँदै गरेको सार्वजनिक बसमा छतरपुर जिल्लाकी ५० वर्षीया आशारानी खरे सतना जाँदै थिइन् । पन्नाको साइन्स कलेज अगाडि भएको बिजुलीको खम्बामा ठोक्किएका कारण आशारानीको टाउको काटियो । उनको टाउको सडकमा बजारियो भने शरिर बसको सीटमा रह्यो ।

उनीसँगै बसेकी एक महिलाले घटनाबारे जानकारी दिएकी छिन् । भारतीय संचारमाध्यमसँगको कुराकानीमा उनले भनिन्, ‘मृतक महिला बीचमा बसेकी थिइन् । आफूलाई बान्ता हुने भन्दै उनले मलाई झ्यालमा बस्न दिन आग्रह गरिन् । मैले उनलाई आफू बसेकोे ठाउँ छोडिदिएँ । उनले बान्ता गर्न टाउको बाहिर निकाल्ने बित्तिकै दुर्घटना भयो । बस, खम्बाको यति नजिकबाट यात्रा गर्यो कि यी दुईबीच केही इन्चको मात्र दुरी थियो । यसैबीच दुर्घटना भयो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Ratopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com