होटलमा भाँडा माझ्ने महिलालाई बिदाको दिन पनि बोलाइयो, २ अर्ब ४४ करोड क्षतीपूर्ती दिनुपर्ने


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

अमेरिकाको वासिङ्टनस्थित होटलमा भाँडा माझ्ने महिलालाई २१.५ मिलियन डलर (दुई अर्ब ४४ करोड रुपैयाँ) क्षतीपूर्ती दिन आदेश दिइएको छ । होटलले महिलालाई बिदाको दिन अर्थात् आइतबार पनि काममा बोलाएको थियो जसका कारण उनी चर्चमा समेत जान असमर्थ हुन्थिन् । होटलले आफ्नो धार्मिक भावनालाई ठेस् पुर्याएको महिलाले आरोप लगाएकी थिइन् ।

होटलमा महिलाले ६ वर्ष काम गरिन्ः

मेरी जिन पिरीले कोन्राड मायामी होटलमा ६ वर्षसम्म काम गरिन् । उनका किचन म्यानेजरले सन् २०१५ मा उनलाई बिदाको दिन अर्थात् आइतबार पनि काममा आउनुपर्ने माग गरे । यसलाई होटल व्यवस्थापनले पनि स्विकार गर्यो । कोन्राड होटल हिल्टन ग्रुपको हिस्सा हो ।

मेरी एक क्याथोलिक मिशनरी ग्रुप सोल्जर्स अफ क्राइस्ट चर्चकी सदस्य हुन् । यो समूहले गरिबको मद्दत गर्छ । मेरीले दायर गरेको मुद्दामा दाबी गरिएको अनुसार ६० वर्षे उनी आफ्नो धार्मिक मान्यताका कारण आइतबार होटलमा काम गर्न असमर्थ थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्क होटेल्स एण्ड रिजोर्टस् (हिल्टन वर्ल्डवाइडको नामले चर्चित) ले मियामी कोर्टलाई आफूलाई यसबारे कुनै जानकारी नभएको र उनले आइतबार बिदा बस्नका लागि आग्रह गरेको बारे केही थाहा नभएको बतायो । होटल व्यवस्थापनले मेरीलाई आखिर आइतबार किन छुट्टी चाहिएको थियो भन्ने प्रश्न गरेको थियो ।

सुरुमा ६ सन्तानकी आमा मेरीलाई आइतबार छुट्टी लिनका लागि आफ्ना सहकर्मीसँग सिफ्ट बदल्ने अनुमती दिइएको थियो । त्यसपछि होटल व्यवस्थापनले मेरीलाई आइतबार किन छुट्टी चाहिएको भन्ने जानकारीसहितको पादरीले लेखेको चिट्ठीको माग गरियो  । यद्यपी, सन् २०१६ मा मेरीलाई खराब आचरण, लापरवाही र बिदा बसेको भन्दै भन्दै जागिरबाट निकालियो ।

सन् २०१७ मा मेरीले सिभिल साइट्स एक्ट सन् १९६४ को उल्लंघनको हवाला दिँदै मुद्दा दर्ता गरिन् । नियम अनुसार जागिरमा जाती, धर्म, रङ, लिङ्ग र राष्ट्रियताको आधारमा भेदभावको प्रतिबन्ध लगाइएको छ ।

अदालतले मेरीको दाबीसँग सहमत भयो र उनलाई २१ मिलियन डलर क्षतीपूर्ती दिन आदेश दियो । होटल व्यवस्थापनले मेरीलाई ३५ हजार डलर बक्यौता रकम र मानसिक तनावका लागि अतिरिक्त पाँच लाख डलर पनि दिनुपर्नेछ ।

हिल्टनका प्रवक्ताले आफूहरु निर्णयमा खुसी नभएको बताए । उनले भने, ‘निर्णयप्रति हामी खुसी छैनौं । मेरीलाई जागिरका बेला विभिन्न सुविधा दिइएको थियो । उनको धार्मिक प्रतिबद्धतालाई  पनि ध्यानमा राखिएको थियो । निर्णय प्रस्तुत गरिएको तथ्यको आधारमा गरियो वा काूननको आधारमा, त्यो बुझ्न सकिएन । ’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com