मोबाइलको पास्वोर्ड नदिएको भन्दै जलाएर श्रीमानको हत्या, श्रीमती पक्राउ !


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

फोनको पास्वोर्डलाई लिएर झगडा हुँदा इन्डोनेसियामा एक महिलाले आफ्नो श्रीमानलाई जिउँदै जलाएकी छिन्। श्रीमानलाई जलाएर हत्या गरेको आरोपमा स्थानीय प्रहरीले इन्डोनेसियामा इल्हाम काह्यानी नाम गरेकी महिलालाई पक्राउ गरेको हो।

स्थानीय मिडियाहरुका अनुसार श्रीमतीले फोनको पास्वोर्ड माग्दै गर्दा डेदी पूर्णमा घरको टायल मर्मत गर्दै थिए। २६ वर्षीय ती श्रीमानले पास्वोर्ड दिन भने इन्कार गरेको र सोहि विषयलाई लिएर दुई बीच झगडा भएको थियो।

श्रीमती धेरैनै कराएपछि पूर्णमा छानोबाट तल झरेका थिए। विवाद बढ्दै जाँदा पूर्णमाल श्रीमती माथि हात उठाएको हुन सक्ने पूर्वी लम्बोक पुलिस प्रमुखको बुझाइ छ।

श्रीमानले हात उठाएपछि इल्हामले पेट्रोलको जर्किन पूर्णमाको शरीरमा खन्याइदिएकी थिइन्। पेट्रोलले भिजेको शरीरमा इल्हामले सलाई कोरेर आगो लगाइदिएको स्थानीय मिडियाहरुको अड्कल छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक प्रतक्ष्यदर्शी ओजीका अनुसार आगो देखेपछि उनी तुरुन्तै घटनास्थलमा पुगेका थिए। जलिरहेका पूर्णमालाई अस्पताल पुर्याउन उनै ओजीले सहयोग गरेका हुन्।

केरुआक हेल्थकसेन्टरमा पुर्याइएका पूर्णमाको डाक्टरहरुले लगातार उपचार गरेता पनि उनको ज्यान भने बच्न सकेन। डाक्टरहरुको अथक प्रयासको वावजुत पनि पूर्णमाको दुई दिन पछि मृत्यु भएको हो।

श्रीमती इल्हामलाई हिरासतमा राखेर घटना बारे प्रहरीले सोध-पुछ र अनुसन्धान गरिरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com