बलात्कारको दोषमा जेल सजाय काटिरहेका गुरु पत्रकार हत्याका लागि पनि दोषी


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

बलात्कारको दोषमा जेल सजाय काटिरहेका एक भारतीय गुरु सन् २००२ मा एक जना पत्रकारको हत्याका लागि पनि दोषी पाइएका हुन्।

उनको समुदायभित्र रहेका महिलाहरूविरुद्ध उनले गरेका यौन दुर्व्यवहारका घटना उजागर गरिदिएका एक पत्रकारको हत्यामा दोषी पाइएपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको हो।

यसअघि, डेरा सच्चा सौदा समूहका नेता गुरमित रामरहिम सिंहलाई सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो।

सिर्साको उत्तरपश्चिममा अवस्थित डेराको मुख्य कार्यालयमा भएका यौन दुराचारको खबर बाहिर ल्याएपछि पत्रिकाका सम्पादक रामचन्दर छत्रपतिको गोली हानी हत्या गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्पादक छत्रपतिको हत्यामा थप तीन जना- कुलदीप सिंह, निर्मल सिंह र कृष्ण लाल दोषी पाइएका छन्।

आफ्नै पाराका ती गुरु भिडिओ लिंकमार्फत हरियाना राज्यको पाँचकुलास्थित अदालतको सुनुवाइमा उपस्थित भएका थिए।

सुनुवाइको समयमा हरियाना राज्य र डेराका अनुयायीहरूको बाक्लो उपस्थिति भएका पञ्जाबका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

सन् २०१७ को अगष्टमा धार्मिक समूहका नेता बलात्कारका लागि दोषी ठहरिएपछि त्यहाँ हिंसा सुरु भएको थियो। जसमा ३८ जनाको ज्यान गएको थियो।

त्यसको लगत्तै ५० अन्य महिलाहरू उनीविरुद्ध यौन दुराचारका अन्य आरोपहरू सहित आएका थिए।

एकाउन्न वर्षीय राम रहिम सिंहले लामो समयसम्म आफूलाई एक सच्चा धार्मिक नेताको रुपमा प्रस्तुत गरिरहेका थिए। उनी संसारभरका मानिसहरूलाई संयम र ब्रम्हचार्यको प्रतिज्ञा गर्न आह्वान गर्ने गर्थे।

तर सन् २००२ मा एउटा पत्र स्थानीय पत्रिकामा छापिएपछि उनको सच्चा धार्मिक नेताको मुकुन्डो संकटमा पर्न थालेको थियो।

सो पत्र उनकै एक जना नाम नखुलाइएका अनुयायीले लेखेका थिए जुन पत्रकार छत्रपतिले हिन्दी भाषी पत्रिका पूरा सच – द कम्प्लिट ट्रुथमा छापेका थिए।

सो पत्रले धार्मिक शिविरभित्र हुने यौनजन्य कृयाकलापको खुलासा गरेको थियो। स्वर्गीय सम्पादक छत्रपतिका छोरा अन्सुल छत्रपतिले उनका बुवालाई सो पत्र पत्रिकामा छापेपछि होसियार बन्न बताइएको थियो।

“कुनै दिन कसैले गोली हानेर मार्न सक्छ भनेका थिए मेरा साथीहरूले”, उनले भने।

त्यसको जवाफमा उनले “एक जना सच्चा पत्रकार गोली खान्छ जुत्ता होइन” भनेका थिए।

त्यसको पाँच दिनपछि सन् २००२ अक्टोबर २४ का दिन डेरा सचा सौदाका अनुयायीहरूले छत्रपतिलाई उनकै घर अगाडि गोली हाने।

त्यो घटना भएको एक महिना नहुँदै छत्रपतिको मृत्यु भयो।

तर पूरा सच पत्रिकामा छापिएको पत्रले धार्मिक शिविरमा महत्त्वपूर्ण अनुसन्धानको आगो सल्काइसकेको थियो।

सम्पादक छत्रपति मर्दा उनका छोरा अन्सुल २१ वर्षका थिए।

पछि उनैले त्यो पत्रिकालाई नियमित प्रकाशन गरिरहे।

उनले रामरहिम सिंहका बलात्कार र हत्याका थप दोषहरू बाहिर ल्याए।

“मेरो बुवाले सत्यको लागि जीवन त्याग्नु भयो। म उहाँको त्याग खेर पठाउन सक्दिनथेँ,” सन् २०१७ को एउटा अन्तर्वार्तामा उनले भनेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com