अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुले पाउने उत्कृष्ट १० कामका फाइदा र बेफाइदाहरु !


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

अष्ट्रेलियन करियरमा यसपटक हामी अष्ट्रेलियामा आउँने विदेशी विद्यार्थीहरुले पाउने र गर्दै आएका उत्कृष्ट १० भित्र पर्ने कामहरुका बारेमा चर्चा गर्दैछौं ।

१.रिटेल सेल्स असिस्टेन्ट :
पसल अर्थात स्टोरमा आउँने ग्राहकहरुलाई सहयोग गर्नु यो कामको मूख्य उदेश्य हो । साथै पसलमा सामानहरुको स्टक कति छन् भन्नेबारेमा जानकारी लिनु र पसलको सरसफाइ गर्ने काम पनि रिटेल सेल्स असिस्टेन्टकै हो । अँग्रेजी भाषा सिक्न चाहनेहरुका लागि यो काम उपर्युक्त हुन्छ । किनभने थरिथरिका ग्राहकहरु र धेरै साथीहरुसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न पाइन्छ ।

फाइदाहरु : काम गर्न सजिलो,अँग्रेजी भाषाको अभ्यास गर्न पाइने र अक्सर गरेर साँझ ५ः३० बजे नै छुट्टी पाइने ।
बेफाइदाहरु : थोरै तलब,विहानै काम शुरु हुने र दिनहरु उभिएरै काम गर्नुपर्ने ।

२ एडमिनिस्ट्रेटिभ असिस्टेन्ट :

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसमा काम गर्नेले कफी बनाइदिने,इमेल,चिठ्ठीपत्रहरु मिलाइदिने,इमेल चेक गरिरहने,क्यालेन्डरको व्यवस्थापन गर्ने र फोटोकपी,स्कयानिङ गर्ने लगायतका कामहरु गर्नुपर्छ । अफिसमा काम गर्नका लागि यो शुरुवाती चरण मानिन्छ । त्यसैले अफिसमा आइपर्ने जुनसुकै कामहरु पनि गर्नुपर्ने हुनसक्छ ।

फाइदाहरु : तुलनात्मक रुपमा सजिलो काम,विहान ९ देखि साँझ ५ बजेसम्म मात्र काम हुने र राम्रो पारिश्रमिक ।
बेफाइदाहरु : एकनाशको काम भएकोले निरशयुक्त हुने,अरुसँग खासै बोलचाल गर्न नपाउँने ।

३ वेटर :

अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुबीच लोकप्रिय काममा वेटर पनि पर्दछ । यसलाई टिपिकल स्टुडेन्ट जबका रुपमा समेत चिनिन्छ । रेष्टुराँमा आउँने भोकाएका ग्राहकहरुको खाना र पेयको ठीकसँग अर्डर लिनु र छिट्टो सर्भ गर्नु वेटर र वेट्रेसको मूख्य काम हो । सरसफाइ,खानाको डेलिभरी गर्नु आदि पनि यिनीहरुले नै गर्नुपर्छ ।

फाइदाहरु : चित्तबुझ्दो तलब,अँग्रेजी भाषा अभ्यास गर्न पाइने र सधैं व्यस्त रहने भएकोले निरश नहुने ।
बेफाइदा : लामोसमय काम गर्नुपर्ने भएकोले थकाइ लाग्न सक्छ,कुनै कुनै सेफहरु गाली गर्ने खालका हुन्छन् । अष्ट्रेलियामा टिप्सको व्यवस्था नहुनु ।

४ किचेन ह्याण्ड : यो शारीरिक रुपमा गर्नुपर्ने काम हो । भाँडावर्तन सफा गर्नु यो कामको एउटै मात्र काम हो । सबै भाँडाकुँडा माझेर,पुछेर सफा गर्नुपर्ने भएकोले रेष्टुराँ बन्द नभइञ्जेलसम्म काम गर्नुपर्छ ।

फाइदाहरु :  राम्रो तलब,धेरै व्यस्त हुने भएकोले समय काट्न सजिलो र तुलनात्मक रुपमा सजिलो काम भएकोले जसले पनि गर्नसक्ने ।
बेफाइदाहरु : लामो समय काम गर्नुपर्ने भएकोले थकाइ लाग्नसक्छ,कुराकानी गर्न नपाउँनु,तनवपूर्ण वातावरणमा काम गर्नुपर्ने पनि हुन्छ ।

५ बारटेन्डर :

यसमा काम गर्नेहरुको मूख्य काम ग्राहकहरुलाई ककटेल बनाएर दिनु हो । यसका लागि अनुभव र ककटेल सम्बन्धी ज्ञान आवश्यक छ । रक्सीले मातिएका ग्राहकहरुको बानी र व्यवहारलाई पचाउँनसक्नु यसमा काम गर्नेको पहिलो योग्यता हो । लामो समय काम गर्नसक्ने र साथीभाइहरुसँग कुनै कुरा नगरि काम गर्न सक्ने पनि हुनुपर्छ ।

फाइदाहरु : राम्रो तलब,रमाइलो वातावरण र अँग्रेजी सुधार्न उपर्युक्त अवसर पाउँनु ।
बेफाइदाहरु : लामो समय काम गर्नपर्ने,मातिएका व्यक्तिहरुसँग डिल गर्नुपर्ने र रातिको समयमा काम गर्नुपर्ने भएकोले बोरिङ हुने ।

६ कल सेन्टर :

अँग्रेजी सुधार्नका लागि कल सेन्टरभन्दा अरु उपर्युक्त काम अष्ट्रेलियामा केही पनि छैन भन्दा फरक पर्दैन । फोनबाट कुनै सेवा,उत्पादनका बारेमा जानकारी दिनु र गुनासाहरु सुन्न यसको मूख्य काम हो । अष्ट्रेलियामा धेरै विदेशी विद्यार्थीहरुले यही काम गर्दछन् ।

फाइदाहरु : आकर्षक तलब,काम गर्न सजिलो,रमाइलो वातावरण र अँग्रेजी सुधार्ने राम्रो अवसर ।
बेफाइदाहरु : एउटै खालको कुराकानी सयौंपटक गर्नुपर्ने र शारीरिक रुपमा कुनै काम गर्न नपाउँने ।

७ कस्टमर सर्भिस सेन्टर : मान्छेहरुसँग राम्रो व्यवहार गर्नसक्नेहरुलाई ध्यानमा राखेर यो कामको शुरुवात भएको मानिन्छ । ग्राहकहरुसँग डिल गर्नु,उनीहरुका गुनासा,अनुरोध सुनिदिनु यसको मूख्य काम हो । कम्पनी र ग्राहकबीचको पुल भनेकै कस्टमर सर्भिस सेन्टरमा काम गर्नेहरु हुन् । त्यसैले यो जति चुनौतिपूर्ण छ उत्तिकै जस पाउँने अवसर पनि ।

फाइदाहरु : सम्मानित काम,आकर्षक तलब ।
बेफाइदा : कहिलेकाहीं तनाव बढ्नसक्छ ।

८ क्लिनर :  राति काम गर्न सक्नेहरुका लागि यो काम उपर्युक्त हुन्छ । कडा परिश्रम गर्नसक्ने र अरुसँग थोरै बोल्न रुचाउँनेका लागि यो काम ठीक छ । अष्ट्रेलियाका ठूला ठूला कम्पनीहरुले सयौंलाई रातिको समयमा अफिस सरसफाइ गर्न रोजगारी दिनेभएकोले विदेशी विद्यार्थीहरुको रोजाइमा पनि यो काम पर्ने गरेको छ ।

फाइदाहरु : नबोली काम गर्न पाइने भएकोले अँग्रेजी नभए पनि हुने,तुलनात्मक रुपमा सहजिलो काम ।
बेफाइदाहरु : दुव्र्यवहारको शिकार हुनसक्ने,रातिको समयमा काम गर्नुपर्ने र अँग्रेजी सुधार्ने अवसर नपाउँने ।

९ रिसेप्सनीष्ट : यसमा काम गर्नेको दायित्व पाहुनाहरुको स्वागत गर्नु हो । साथमा प्रशासनिक काम गर्नु,मिटिङहरुको व्यवस्थापन गरिदिनु पनि रिसेप्सनीष्टकै दायित्वमा पर्दछ । कहिलेकार्ही पाुहनाहरुसँग अन्तक्र्रिया गर्न उनीहरुसँगै हिड्नुपर्ने हुन्छ । त्यसैले समयको एकदम ख्याल राख्नुपर्ने हुन्छ ।

फाइदाहरु : राम्रो तलब र काम गर्ने समय,धेरै व्यक्तिहरुसँग कुराकानी गर्न पाउँने ।
बेफाइदाहरु : कुनै कुनै कामहरु बोरिङ खालका हुन्छन्,धेरै कामको बोझ ।

१० सेल्स प्रतिनिधि : यो सबैले गर्नसक्ने काम होइन । किनभने यसमा असफल हुने सम्भावना बढी रहन्छ । त्यसैले यसका लागि कडा मिहिनेत गर्नुपर्दछ । न्यूनतम तलब तोकेर बाँकी कमिसनको आधारमा हुने भएकोले चुनौतिपूर्ण पनि हुन्छन् ।

फाइदाहरु : धेरै तलब पाउँनसक्ने सम्भावना,नयाँ नयाँ व्यक्तिहरुसँग भेटघाट र कुराकानी गर्नु पाउँने ।
बेफाइदाहरु : कामबाट तुरुन्तै निकाल्न सकिने,गल्ली गल्ली र सडकसडकमा काम गर्नुपर्ने र तलबका लागि कमिसनमा भर पर्नुपर्ने ।

Himalayan Kangaroo

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com