अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुले कति कमाउँछन् ?


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

अष्ट्रेलियामा विद्यार्थीहरुलाई काम गर्ने अनुमती हुन्छ । यहाँ विद्यार्थीहरुले पन्ध्र दिनमा चालिस घण्टा काम गर्ने अनुमति पाउँछन् । युनिभर्सिटीको बिदाको समयमा उनीहरुले फुल टाईम काम गर्न पाउँछन् ।

नेपालबाट अष्ट्रेलिया आउने विद्यार्थीहरुले यहाँ आउनु अगाडी नै आफ्नो कमाइको हिसाबकिताब गर्न थाल्छन् । घरपरिवार तथा आफन्तले पनि उसले काम गर्ने घण्टा, डलरको भाउ आदिको आधारमा उसले यहाँ आएपछि कति कमाउँछ भन्ने हिसाबकिताब गरिसकेका हुन्छन् । केहीले त त्यो कमाइ अनुसारको आफ्नो लागि कोशेली पनि डिमाण्ड गरिसक्छन् ।

यसै प्रसङ्गमा हाल मेलबर्नमा रहेर आइटि पढ्दै गरेका हेटौडाका रेमन भण्डारी भन्छन् ,” अष्ट्रेलियाको लागि मेरो भिसा लागेपछि मेरो घरको माहोल पनि ठ्याक्कै त्यस्तै भएको थियो । आफ्ना सपना संगै मैले पनि मनले डलरलाई रुपैयाँमा साट्दै अष्ट्रेलियाको लागि भिसा हातमा लिएको थिएँ । तर, मनले गरेको हिसाबकिताब जस्तो कहाँ सजिलो हुन्छ र वास्तविकता ? अष्ट्रेलिया आएपछि नेपाल देखि नै चिनेका साथीहरुसंग बसें र काम खोज्न सुरु भयो । सुरुमा काम खोज्ने ठाउँ भनेका क्लिनिङ्ग, किचन रहेछन् । नेपालमा आफ्नो थाल नउठाउने मैले डलरको लागि ती काम गर्न पछि हटीन । पछि हटेर पो के गर्नु ? कसले पाल्छ ? अनि, कमाइ ? घण्टाको हिसाबले मरी-मरी काम गर्यो । अनि कमाइको हिसाब गर्दा त युनिभर्सिटीको फी तिर्नको लागि मात्र । मोबाइल बिल, गाडी भाडा, कोठा भाडा, खान खर्च ती सबै हिसाब गरेर घण्टाहरु बढाउँदै जानुपर्यो । नेपालबाट साथीहरुको आइफोनको डिमाण्ड आइसक्यो, आफूले आएको ऋण सम्म कसरि तिर्ने भन्ने तनावमा घण्टा र डलर गन्दैछु । ”

अष्ट्रेलियामा पैसाको बोट छैन । यहाँ कामको सम्मान हुन्छ र त्यही कामको आधारमा घण्टा गन्दै केही डलर लिने हो । यहाँ आएका विद्यार्थीले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न चाहन्छन् । तर, बाध्यतावश उनीहरु परिवारले आशा गरे अनुरुप सहयोग गर्न सकिरहेका हुँदैनन् । विद्यार्थीले यहाँ कडा मिहिनेत गरेर एक हप्तामा सात सय डलर कमाउँछ । तर, उसको खर्चको हिसाब पनि डलरमै हुन्छ । घरभाडा, यातायात खर्च, मोबाइल बिल सबै यहाँ महँगो हुन्छ । र, त्यो कमाइबाट उसले युनिभर्सिटीको शुल्कको लागि पनि बचत गर्नुपर्ने हुन्छ । कमाइले युनिभर्सिटीको शुल्क तिर्न नपुगेका कारण कतिपय विद्यार्थीले आफ्नो विषय नै परिवर्तन पनि गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कामलाई प्राथमिकतामा राखेर कडा मिहिनेत गर्ने विद्यार्थीले अष्ट्रेलियामा एक हप्ताको एक हजार डलर भन्दा माथी पनि कमाउँछन् । तर, धेरै जसो अवस्थामा कामलाई प्राथमिकता दिंदा नेपालबाट अष्ट्रेलिया आउनुको उद्धेश्य र सपना नै मोडिन्छ । पढाइको लागि विद्यार्थी जुन सपना लिएर आएको हुन्छ, त्यो पूरा हुन अत्यन्तै गाह्रो हुन्छ ।

अष्ट्रेलिया आउने विद्यार्थीले नेपालबाट नै यहाँको संघर्षलाई बुझेर आउनुपर्छ । यसको साथै विद्यार्थी स्वयम् र परिवारले डलरलाई भन्दा बढी यहाँ आउनुको मूख्य उद्देश्यलाई महत्व दिनुपर्छ । अष्ट्रेलियामा पढाइ सकेपछि विद्यार्थीले जुनसुकै ठाउँमा गएर पनि करियरमा सफलता हासिल गर्न सक्छ । यहीं पनि प्रशस्त अवसरहरु खुल्छन् । त्यसैले आजको डलरको हिसाबकिताबलाई भन्दा बढी भोलीको भविष्यलाई सम्झेर अष्ट्रेलियालाई आफ्नो शैक्षिक गन्तव्य बनाउनु उचित हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com