ट्रम्पको स्टेट अफ द युनियन सम्बोधन सार्न सुझाव


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

आगामी जनवरी २९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बार्षिक रुपमा गर्ने विशेष सम्बोधन सार्न प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले सुझाव दिएकी छिन् । सरकार शटडाउन जारी रहेको बेलामा स्टेट अफ द युनियन सम्बोधन नगर्न उनले सुझाव दिएकी हुन् ।

सरकार शटडाउन अन्त्य भएपछि कुनै उपयुक्त मितिमा स्टेट अफ द युनियन सम्बोधन गर्दा उचित हुने उनको सुझाव छ । सरकार शटडाउनका कारण सुरक्षा प्रदान गर्ने निकायका कर्मचारीहरु पनि प्रभावित भएकाले सम्बोधन अहिले गर्न उचित नभएको उनको तर्क छ ।

स्टेट अफ द युनियन अमेरिकी राष्ट्रपतिको विशेष बार्षिक सम्बोधन हो । अमेरिकी सरकारका सबै तीनवटा शाखाका सबै नेतृत्वहरु जम्मा भएर राष्ट्रपतिले गर्ने यो विशेष सम्बोधनका लागि कैयन दिनदेखि तयारी गरिन्छ ।

शटडाउनबाट प्रभावित अन्य एजेन्सीका साथमा सेक्रेट सर्भिसले यो सम्बोधनका लागि सुरक्षा प्रदान गर्छ । तर सेक्रेट सर्भिस लगायत होमल्याण्ड सेक्युरिटीका सुरक्षा प्रदान गर्ने अधिकारीहरुले विगत २६ दिनदेखि विना तलब काम गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेलोसीले ह्वाइटहाउसलाई लेखेको पत्रबारे ह्वाइटहाउसले भने कुनै प्रतिकृया जनाएको छैन । पेलोसीले सरकार शटडाउनका बेला गरिने स्टेट अफ द युनियन सम्बोधनको कुनै अर्थ नहुने बताएकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com