बलिवुड गायिका पलक : मुटुको शल्यक्रिया गरिदिएर सयौं बालबालिकालाई दिएकी छिन् जीवनदान


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

बलिवुड गायिका पलक मुछाल पछिल्लो समयमा लोकप्रिय गायिका मध्येमा गनिन्छिन्। विभिन्न रियालिटी शोमा जर्जको रुपमा समेत देखिने उनको सामाजिक कामबारे भने धेरै अनभिज्ञ नै छन् ।

गायिका पलकले अहिले सम्म १३ सय जना भन्दा बढी बालबालिकाहरुको जीवन बचाईदिएकी छिन्। उनले यो काम आफू ६ वर्षकी हुँदा देखि सुरु गरेकी हुन्।

१९९९ मा भारतमा भएको कारगिल युद्धले भारत खल्बलिएको थियो। त्यतिबेला गायन सिक्दै गरेकी ६ वर्षिया पलकले केही पसलहरुमा सात दिनसम्म गीत गाएर केही रकम जम्मा गरिन् र युद्धको चपेटामा परेका आफ्ना छिमेकी बालबालिकाहरुलाई सहयोग गरिन् । त्यसको अर्को वर्ष देखि उनले पसल तथा कार्यक्रमहरुमा गाएर पैसा जम्मा गरिन् । त्यसले उनले मुटुको महंगो शल्यक्रिया गर्न रकम नभएका बालकलाई सहयोग गरिन् ।

त्यसपछि भाइ पलासको सहयोगमा उनको काम निरन्तर अगाडी बढ्दै गयो र सन् २००० सम्म आउँदा संस्थाको रुप लियो। हालसम्मको अवधिमा उनले १३ सय भन्दा बढी मुटु रोगपिडीत बालबालिकाको महँगो शल्यक्रिया गराइ जीवन बचाईदिएकी छिन् । सहयोग रकम संकलन गर्न विभिन्न कार्यक्रममा हिंड्ने उनले ती कार्यक्रमहरुबाट आफ्नो लागि कत्ति पनि रकम राख्दिनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com