अष्ट्रेलियामाको नदीमा बेपत्ता बिगुल अझै भेटिएनन्, बन्द गरिएको छ उनले काम गर्ने रेष्टुरेन्ट


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

अष्ट्रेलियामा नदीमा पौडी खेल्न गएका नेपाली विद्यार्थी बिगुल पण्डित अझै भेटिएका छैनन् । साथीहरुसंग नदीमा पौडि खेल्न गएका उनी गत हप्ताको बुधबार बेलुकाबाट बेपत्ता भएका हुन् । एक हप्ता बितिसक्दा पनि उनी फेला परेका छैनन् ।

प्रहरीले २१ वर्षीय बिगुललाई खोज्न हरसम्भव प्रयास गरिरहेको बताएको छ । सोमबार देखि नदी चार सेन्टिमिटर अझ बढेकोले थप तरिकाहरु अपनाइएको प्रहरीले जनाएको छ । बिगुलका आफन्तजन, साथी तथा नेपाली समुदाय उनलाई जीवित भेटाउने आशामा छ । प्रहरीले भने यति दिन बितिसक्दा पनि बिगुलबाट कुनै संकेत नपाएकोले उनी जीवित भेटिनेमा अब आफूहरु विश्वस्त नरहेको बताएको छ ।

बिगुलले काम गर्ने ठाउँ गुरु स्टार्ट क्याफे एण्ड रेष्टुरेन्ट अहिले बन्द छ । रेष्टुरेन्टका मालिक गुरु घ्युमानले होनाहार र मिलनसार बिगुल हराएको घटनाले आफूहरु विक्षिप्त भएको बताउंदै रेष्टुरेन्ट खोल्न नसकेको जनाएका छन् । उनले बिगुल भेटिनेमा आफूहरु आशावादी रहेको समेत बताएका छन् । रेष्टुरेन्ट जनवरी २३ सम्म बन्द रहने उनले जानकारी दिएका छन् ।

हाल अल्बरीमा बसोबास गर्दै आएका विगुल पण्डित साथीहरुसंगै मुर्रे नदीमा पौडि खेल्न गएका थिए । विगुल चार्ल्स स्टर्ट युनिभर्सिटीका अकाउन्टिंग विषयका विद्यार्थी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com