बेलायतकाे ईयूबाट बहिगर्मन बारे आज संसदमा मतदान


प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार

बेलायत युरोपेली संघ (ईयू) बाट बहिगर्मनको मुद्दा गम्भीर मोडमा आइपुगेको छ । प्रधानमन्त्री टेरेजा मेले प्रस्ताव गरेको ब्रेक्जिट डिलबारे बेलायती संसद हाउस अफ कमन्समा मंगलबार साँझ ७ बजे मतदान हुँदैछ ।

गत ११ डिसेम्बरमा हुने भनिएको उक्त मतदान प्रधानमन्त्री मेले विफल हुने सम्भावनाबीच झण्डै महिनादिन पछि सारेकी थिइन्।

सत्तारुढ दलकै एकसय जना र डियूपी पार्टीका केही सांसद सो प्रस्तावविरुद्ध मतदान गर्ने अनुमान गरिँदै गर्दा प्रधानमन्त्रीले राखेको प्रस्ताव संसदले अस्वीकृत गर्ने धेरैको विश्वास छ।

प्रमुख विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बीनले यदि प्रधानमन्त्रीको प्रस्ताव संसदले अस्वीकार गरेमा उनी विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने जनाएका छन्, त्यसो भयो भने ताजा चुनाव गराउनुपर्ने हुनसक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्ताव अनुमोदन हुन नसके ईयूबाट छुट्टिने वा रहने भन्नेबारे दोस्रो जनमतसंग्रह हुने सम्भावना पनि औंल्याइएको छ। तर, प्रधानमन्त्री मेले यसलाई इन्कार गरिसकेकी छन्।

बेलायती जनताले जनमत संग्रहमा बाहिरिने पक्षमा मत दिइसकेको र २०१७ को आम निर्वाचनमा पनि ८० प्रतिशत जनताले जनमतको सम्मान गर्ने सांसदहरुलाई मत दिएकाले दोस्रो जनमतसंग्रह नहुने मेको अठोट छ।

यसैबीच, ब्रिटिश सरकारले आफ्ना सांसदहरुले मंगलबार हुन गइरहेको महत्वपूर्ण मतदान अघि प्रधानमन्त्री मेले प्रस्तुत गरेको प्रस्तावमा समर्थन जनाउन फेरि आव्हान गरेको छ।

प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीटले यदि प्रधानमन्त्रीले राखेको प्रस्ताव संसदले अस्वीकृत गरेमा सांसदहरुले ब्रिटेन युरोपेली संघ (ईयू)बाट बाहिरिने प्रक्रियाको नियन्त्रण आफ्नो हातमा लिने भनी प्रकाशित समाचारहरुप्रति चिन्ता समेत व्यक्त गरेको छ।

ईयूले बेलायती प्रधानमन्त्री मेले संसदबाट प्रस्ताव पारित गर्न नसक्ने निष्कर्षबीच बहिगर्मन समयसीमा बढाउने तयारी गरेको छ। समाचारमा ब्रेक्जिट डेडलाइन कम्तीमा जुलाइसम्म सारिने उल्लेख छ।

अहिले यो समयसीमा २९ मार्चसम्म निर्धारण गरिएको छ। तर, प्रधानमन्त्री मेले यसअघि ईयू समक्ष पेश गरेको प्रस्तावमा भने पुनर्विचार नहुने ईयूले स्पष्ट पारिसकेको छ।

करिब अढाइ वर्षअघि २३ जुन, २०१६ मा भएको जनमत संग्रहमा ५१ दशमलव ८९ प्रतिशत जनताले बेलायत ईयूबाट अलग्गिनुपर्ने र ४८ दशमलव ११ प्रतिशतले ईयूमै रहनुपर्ने पक्षमा मत जाहेर गरेका थिए। बाहिरिने पक्षको जित भएपछि तत्कालीन समयमा प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए। क्यामरुनको राजीनामासँगै मेले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।

ब्रिटेन युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) को ५८५ पृष्ठ लामो दस्तावेज अनुसार ब्रिटेनले ईयू छाड्दा ३९ अर्ब पाउण्ड तिर्नुपर्ने, बेलायत र ईयू देशका नागरिकहरुको हक अधिकार सुनिश्चितता र भविष्यमा व्यापार सम्बन्धी वार्ता रोकिएपनि उत्तरी आयरल्याण्ड र आयरल्याण्ड बीचको सीमा नरोकिने लगायत कुरा उल्लेख छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com