१८९ जनाको ज्यान जानेगरी दुर्घटना भएको विमानको भ्वाइस रेकर्डर भेटियो


प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार

विमानमा सवार सबै १८९ जनाको ज्यान जानेगरी इन्डोनेशियाको जाकार्ताको समुन्द्रमाथि दुर्घटनाभएको विमानको आवाज रेकर्ड सहितको ब्ल्याक बक्स भेटिएको छ । जेटी ६१० लायन एयरको विमान गत अक्टोबरमा दुर्घटनाग्रस्त भएको थियो ।

उडेको केहीबेरमा नै जहाज दुर्घटना भएर समुन्द्रमा खस्दा सबै यात्रुको ज्यान गएको थियो । विमानको भ्याइस रेकर्डर फेला परेको इन्डोनेशियाका अधिकारीहरुले जनाएका हुन् ।

विमान उडेको केहीबेरमा चालकले एयर ट्राफिक नियन्त्रकलाई विमानस्थलमा नै विमान फर्काउनका लागि अनुमति मागेका थिए । तर लगत्तै सम्पर्कविहिनभएको विमान दुर्घटनाग्रस्त भएको थियो ।

अनुसन्धानकर्ताहरुले विमान प्राविधिक कारणले दुर्घटनाभएको जनाएका थिए । ककपिट भ्वाइस रेकर्डर फेला परेको जनाइएपनि कहाँ फेला परेको छ भन्नेबारे केही जानकारी प्राप्त भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समुन्द्रको जमिनमा रहेको ८ मिटर तल गाडिएको अवस्थामा भ्वाइस रेकर्डर भेटिएको कतिपय संचारमाध्यमहरुले जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com