सिएनएन हिरो अनुराधा र गगन थापासँग अष्ट्रेलियाको सिड्नीमा अन्तरक्रिया


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

नेपालको प्रदेश नम्बर ३ की गभर्नर एवं सिएनएन हिरो समाजसेवी अनुराधा कोइराला र नेपाली काँग्रेसका चर्चित युवा नेता गगन थापासँग आज अष्ट्रेलियााके सिड्नीमा अन्तरक्रिया हुने भएको छ ।

हाल अष्ट्रेलिया भ्रमणमा रहनुभएका कोइराला र थापासँग आज शनिवार च्यारिटी गाला डिनर र अन्तरक्रिया हुने भएको हो । जीवन उत्थान नामक स्वयंसेवी संस्थाको लागि सहयोग संकलन गर्ने उद्देश्यले कार्यक्रम राखिएको हो । जीवन उत्थानले नेपालमा असहाय बालबालिकाको उत्थानका लागि विविध कार्यक्रम गर्दै आएको छ । सिड्नीको हस्र्टभीलमा रहेको मराना अडिटोरियममा शनिबार साँझ ६ बजेदेखि कार्यक्रम आयोजना गरिनेछ ।

यसैबीच, अष्ट्रेलिया भ्रमणमा रहेका नेपाली काँग्रेसका युवा नेता गगन थापाको उपस्थितिमा मेलबर्नमा भोलि आइतवार अन्तरक्रिया हुने भएको छ । जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नको आयोजनामा हुन लागेको अन्तरक्रिया स्थानीय साईप्रस कम्युनिटी हल लेगन स्ट्रीट ब्रन्सविकमा हुनेछ । नेपालमा समकालीन राजनीति र नेपालको विकासमा डायस्पोराको संलग्नता र योगदानको दायरा विषयमा अन्तरक्रिया गरिन लागेकोजनसम्पर्क समितिका अध्यक्ष सुरेश पोखरेलले जानकारी दिए । कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com