सिड्नीमा सलुनभित्र कपाल काट्दै गरेका युवकमाथी छुरा प्रहार भएको छ । मिमोसा रोड स्थित सलुनमा शुक्रबार साढे बाह्र बजेको समयमा घटना घटेको बताइएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार, २० वर्षीय ती युवकले कपाल काट्दै थिए । यत्तिकैमा बाइकमा आएका एक जना व्यक्तिले सलुन बाहिर बाइक रोकेर भित्र छिरे । त्यसपछि एक्कासी ती युवकलाई छुरा हानेर भागेका थिए । गम्भीर अवस्थामा रहेका ती युवकको उपचार भैरहेको छ ।
प्रहरीले घटनाको प्रकृति हेर्दा छुरा हान्ने व्यक्ति ती युवकलाई छुरा हान्ने उद्देश्यका साथ नै त्यहाँ आएको अनुमान गर्न सकिने बताएको छ । घटनामा संलग्नताको आशंकामा प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।