घरमा पैसा पठाउँदा युएईमा ९ जना नेपालीले पाए ९० ग्राम सुन उपहार


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

युएईबाट नेपाल पैसा पठाउँदा ९ जना नेपालीले ९० ग्राम सुन उपहार पाएका छन् । युएईको अल अहलिया एक्सचेन्जले सञ्चालन गरेको ‘विन्टर सिजन’ अन्तर्गतको योजनामा ९ नेपालीले सुन उपहार पाएका हुन् ।

बिजेन्द्रप्रसाद मण्डल, टिकाराम श्रेष्ठ, दीक्षित पोखरेल, विजयकुमार झा, खिमबहादुर गैरे, भिमबहादुर महत, तासी शेर्पा, रवि सहानी र सुजन तामाङले प्रतिव्यक्ति १० ग्राम तौलको सुनको सिक्का उपहार पाएका छन् ।।

विन्टर योजना अन्तर्गत एक्सचेन्जमार्फत रेमिट्यान्स पठाउनेमध्ये हरेक साता गरिएको लक्की ड्रमार्फत उहाँहरुले सुन उपहार पाउनु भएको हो । गएको नोभेम्बर ७ देखि जनवरी ६ सम्म विन्टर योजना सञ्चालन गरिएको थियो ।

यस योजना अन्तर्गत हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एकजनालाई १ किलो सुन उपहार राखिएको थियो । १ किलो सुन भने भारत कोलकाताका सन्जित मण्डलले पाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबार रसअल खेमा शाखामा एक कार्यक्रमकाबीच जित्नेलाई उपहार हस्तान्तरण गरिएको एक्सचेन्जका नेपाल विभाग प्रमुख बेनीमाधब ढकालले जानकारी दिनुभयो । एक्सचेन्जले हरेक वर्ष दुई पटक ग्राहक लक्षित योजना ल्याउने गरेको छ ।

गएको वर्षको समर योजनामा ईलाम सन्दकपुरका नरेन्द्र मगरले १ किलो सुन उपहार पाउनु भएको थियो । वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले जोड दिँदै आएको र त्यसरी पैसा पठाउँदा धेरै नेपालीले उपहार पाउने गरेको सेन्चुरी रेमिट युएई प्रमुख प्रकाश पौडेलले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com