अमेरिकी सिमाक्षेत्रबाट झण्डै ५६ माइल नजिक २० वटा शवहरु भेटिएका छन् । ती शवहरु आगो लगाएर जलाइएको अवस्थामा भेटिएका थिए । अधिकांश शवहरु गाडीभित्र जलेको अवस्थामा भेटिएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्रमण गरेको टेक्सासको म्याकएलन सिमाक्षेत्रबाट ५६ माइल पश्चिममा रहेको मेक्सिकोको तमउलिपसको उत्तरी राज्यको धुले बाटोमा ती शवहरु भेटिएका हुन् । शवको अधिकांश भाग जलेकाले केहीभागमात्र बाँकी रहेको अवस्थामा बुधबार दिउसो भेटिएको थियो ।
गिरोहहरुबीचको झडपमा उनीहरु मारिएको हुनसक्ने आशंका गरिएको छ । उक्त क्षेत्रमा लागु औषध र हातहतियारको कारोबार गर्ने गिरोहहरु सकृय रहदै आएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।