अमेरिकाको विसकन्सिनमा हराइरहेकी १३ बर्षकी बालिका जीवितै भेटिएकी छिन् । उनका बुबाआमा दुबै मृत अवस्थामा भेटिएलगत्तै ती बालिका हराइरहेकी थिइन् ।
बिहिबार दिउसो विसकन्सिनको गोर्डनमा जेमी क्लोस नामकी बालिका भेटिएको प्रहरीले जनाएको छ । बालिका भेटिएको १० मिनेटमा नै प्रहरीले संदिग्ध एकजनालाई नियन्त्रणमा लिएको छ ।
यसबारे थप जानकारी प्राप्त भएको छैन । तर प्रहरीले शुक्रबार विहान पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने जनाएको छ । अक्टोबर १५ मा बुबाआमालाई गोली हानेर हत्या गरिएको अवस्थामा भेटिएलगत्तै ती बालिका बेपत्ता भएकी थिइन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।