विश्वको सबैभन्दा धनी जोडीले २५ बर्षपछि डिभोर्स गर्दै


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

विश्वको सबैभन्दा धनी जोडीका रुपमा चर्चित जेफ बेजोज र उनकी पत्नी म्याकेन्जीले २५ बर्षलामो आफूहरुबीचको सम्बन्ध समाप्त गर्ने भएका छन् । एमजोनका सीइओ बेजोजले बुधबार ट्वीटरमार्फत डिभोर्स गर्न लागेको घोषणा गरेका हुन् ।

आफूहरुले २५ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गरेर बाँकी जीवन साथीका रुपमामात्र अगाडि बढाउने उनीहरुले जनाएका छन् । आफूहरुले एकअर्कालाई पाएकोमा र २५ बर्ष विताउन पाएकोमा भाग्यमानी रहेको बताउँदै वैवाहिक जीवनका हरेक बर्ष असाध्यै राम्रो भएको उनीहरुले बताएका छन् ।

५४ बर्षका बेजोज र ४८ बर्षकी म्याकेन्जीले के कारणले डिभोर्स गर्न लागेका हुन् भन्नेबारे भने केही खुलाएका छैनन् । सन् १९९० को दशकमा न्युयोर्कमा कामको दौरान भेटेर विवाह गरेका उनीहरु लगत्तै शियाटल बसाई सरेका थिए, जहाँ बेजोजले एमजोन खोलेका थिए ।

बेजोज अहिले विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति १ सय ३७ बिलियन रहेको छ । उनका लागि यो डिभोर्स निकै खर्चिलो हुने जनाइएको छ । उनकी पत्नी म्याकेन्जीले कैयन उपन्यासहरु लेखेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतबर्षमात्र यो जोडीले घरवारविहिन र कम आम्दानी हुनेहरुको हितमा गैरनाफामुलक संस्थामार्फत २ बिलियन डलर सहयोगको घोषणा गरेका थिए । उनीहरुका ४ जना बच्चाबच्चीहरु रहेका छन् । उनीहरुले आगामी दिनमा पनि साथी, बुबाआमा र विभिन्न परियोजनाहरुमा सहकर्मीका रुपमा काम गर्ने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com