कोमामै हुँदा आमा बनेको मामलामा पहिलो राजीनामा


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

बीबीसी

अमेरिकाको एरिजोना राज्यमा जुन नर्सिङ होममा कोमामा भएकी महिलाले बच्चालाई जन्म दिइन्, उक्त क्लिनिकका प्रमुखले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

कम्पनीले आफ्नो बयानमा निर्देशकहरुले बिल थोमसनको राजीनामा स्विकार गरेको जानकारी दिएको छ ।

पीडित महिला फिनिक्स इलाका निजिकैको हेसिन्डा हेल्थकेयरको एक क्लिनिकमा करिब एक दशकदेखि भर्ना थिइन् र उनलाई २४ औं घण्टा हेरिबिचारको आवश्यकता थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुलिसले यो मामलामा यौन उत्पीडनको अनुसन्धान सुरु गरेको छ । महिलाको पहिचान जारी गरिएको छैन् । उनले डिसेम्बर २९ मा बच्चालाई जन्म दिएको अनुमान गरिएको छ ।

सिबिएस फिनिक्ससँग जोडिएका केपीएचओ–टिभीले एक अज्ञात सूत्रको हवाला दिँदै भनेको छ, ‘ती महिला कराइरहेकी थिइन् र अस्पतालमा भएका नर्सहरुले उनी किन कराइरहेकी थिइन् भनेर एकिन गर्न सकेनन् ।’

‘महिलाले बच्चालाई जन्म नदिएसम्म कुनै पनि स्टाफलाई उनी गर्भवती भएको बारे कुनै जानकारी नै थिएन ।’

बिरामीको सुरक्षाका लागि प्रोटोकलमा परिवर्तनः

कम्पनीमा बोर्ड कार्यकारी उपाध्यक्ष गैरी ओर्मनले उक्त घटनालाई एक भयावह घटना भएको बताउँदै यो कुनै पनि हालतमा स्विकार्य नभएको बताए ।

उनले भने, ‘हामी आफ्नो शक्तिका अनुसार हरेक बिरामी र कर्मचारीको सुरक्षा सुनिश्चित गर्नेछौं ।’

न्यूयोर्क टाइन्सको नयाँ रिपोर्टपछि यो क्लिनिकमा दुर्व्यवहारको नयाँ आरोप लागेको छ जसका भनिएको छ – बिना कपडा वा नुहाउने बेला बिरामीको गोपनियता ध्यानमा राखिन्छ ।

फिनिक्स पुलिसका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेकाले यसबारे अहिले नै केही भन्न नमिल्ने बताएका छन् ।

सूत्रका अनुसार क्लिनिकको प्रोटोकल परिवर्तन गरिएको छ । अबदेखि महिला बिरामीको कोठामा महिलाबिना कुनै पनि पुरुष प्रवेश गर्न पाउनेछैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com