राजनीतिक नियुक्तिमा राजदूत नपठाउन नेपाल सरकारलाई अष्ट्रेलियन नेपाली समुदायको माग


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पाको बर्खास्तीपछि अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदाय तरंगित भएको छ ।

राजदूत जस्तो व्यक्ति नै अवैध रुपमा मानव ओसारपसारमा संलग्न भएको अभियोगमा सरकारबाटै वरखास्तीमा पर्नु लज्जास्पद भएको उनीहरुको ठहर छ । यो नेपालको कुटनीतिक क्षेत्रकै कालो इतिहास हुने उनीहरु बताउछन् । यसलाई पाठका रुपमा लिएर अब कुटनीतिक क्षेत्रमा कुनै राजनीतिक नियुक्ति नगर्न अष्ट्रेलियाका नेपाली समुदायले नेपाल सरकारसँग आग्रह गरेको छ । कुटनीतिक क्षेत्र देशकै प्रतिष्ठासँग जोडिने भएकोले अब्बल र सक्षम व्यक्तिलाई मात्र जिम्मेवारी दिन उनीहरुले सरकारसँग माग गरेका छन् ।

अष्ट्रेलियाको ब्रिसबेनमा बसोबास गर्दै आएका नेपाली इञ्जिनियर ईश्वर कुइँकेलले सामाजिक सञ्जालमा लेखेका छन्–’राजदूत शेर्पा प्रकरणपछि हामीले अष्ट्रेलिया सरकारको विश्वास गुमाएका छौं । यसले नेपाली समुदायमाथि हेर्ने नजर नै फेरिदिएको छ ।’

ब्रिसबेनमै बस्ने डा भरतराज पौडेलले लेखेका छन्–’राजनीतिक नियुक्ति लिएर आएका कुनै राजदूतले अष्ट्रेलियामा राम्रो काम गरेर देखाउन सकेका छैनन् । त्यसैले नेपाल सरकारले अब करियर डिप्लोम्याट अथवा विज्ञहरुबाट राजदूत छान्ने कार्य शुरु गर्नुपर्छ । यसकालागि अवकाशप्राप्त व्यक्तिहरु पनि विकल्प बन्नसक्छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा पौडेलले योग्य कुटनीतिक व्यक्ति पठाउन नेपाल सरकारलाई दबाब दिन अष्ट्रेलियन नेपाली समुदायसँग अपिल समेत गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com