अमेरिकी राष्ट्रपतिको ८ मिनेट लामो सम्बोधन, पर्खाल बनाउन बजेट माग


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको माग गरेका छन् । सिमानामा पर्खाल निर्माणका लागि ट्रम्पले ५ दशमलव ७ बिलियन डलरको माग गरेका कारण खर्च विधयेक पारित हुन नसक्दा सरकार शटडाउन जारी रहेको बखत ट्रम्पको सम्बोधन आएको हो ।

ट्रम्पले सिमाक्षेत्रमा बढेको मानवीय र सुरक्षा संकटको सामना गर्न पर्खाल निर्माणका लागि बजेटको माग गरेका हुन् । तर राष्ट्रपति ट्रम्पले संसदलाई बाइपास गरेर सिमानामा पर्खाल निर्माणका लागि घोषणा गर्न सकिने भनिएको संकटकालको कदम भने रोजेनन् ।

आफ्नो झण्डै ८ मिनेट लामो सम्बोधनका क्रममा ट्रम्पले सिमानामा जारी संकटलाई आत्माको संकट र दिलको संकटका रुपमा ब्याख्या गरे । ट्रम्पको सम्बोधन अमेरिकामा सबै मुख्य टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकी सिमानामा स्टीलको पर्खाल निर्माण गर्न चाहन्छन्, जसका लागि ५ दशमलव ८ बिलियन डलरको खाँचो रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही विवादका कारण जारी सरकार शटडाउन अमेरिकी इतिहासकै दोश्रो लामो शटडाउन बनेको छ । जसका कारण लाखौं कर्मचारीहरु वेतलवी बनेका छन् भने सरकारका कैयन निकायहरुमा कामकाज ठप्प रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com