ट्रम्पको आजको सम्बोधनको जवाफ पेलोसी र शुमरले दिने


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राती ९ बजे गर्ने राष्ट्रिय सम्बोधनको जवाफ प्रतिनिधिसभा सभामुख न्यान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले दिने भएका छन् । अमेरिकाको पूर्वीय समय अनुशार आज राती ९ बजे ट्रम्पले सिमाक्षेत्रबो संकटबारे विशेष सम्बोधन गर्नेछन्, जसको मुख्य अमेरिकी टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण समेत गर्ने भएका छन् ।

ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसबाट सम्बोधन सके लगत्तै पेलोसी र शुमरले संसदभवन क्यापिटल हिलबाट त्यसको जवाफ दिने भएका छन् । सिमाक्षेत्रमा पर्खाल निर्माणका लागि ट्रम्पले ५ दशमलव ७ बिलियन बजेट माग गरेका कारण भएको विवादले अमेरिकी सरकार शटडाउनको १८ औं दिनमा ट्रम्पको विशेष सम्बोधन आउन लागेको हो ।

सम्बोधनपछि बिहिबार राष्ट्रपति ट्रम्पले सिमाक्षेत्रको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ । डेमोक्र्याट्सहरुले भने सरकार शटडाउन अन्त्यका लागि विधयेकको तयारी गरिरहेका छन् । अमेरिकी ट्रेजरी डिपार्टमेन्ट र आईआरएस शटडाउनका कारण प्रभावित भएकाले त्यसको असर प्रत्यक्ष जनतामा परिरहेको छ । अध्यागमन अदालतहरु बन्द रहँदा अध्यागमन मुद्दाहरु बर्षौ पछाडि धकेलिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com