२२ बर्षको अमेरिकी इतिहासमै सबैभन्दा लामो सरकार शटडाउन


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउन विगत २२ बर्षको इतिहासमा नै सबैभन्दा लामो शटडाउन बनेको छ । यसअगाडि सन् १९९५ को डिसेम्बर ५ देखि राष्ट्रपति बिल क्लिन्टनका पालामा २१ दिनसम्म अमेरिकी सरकार शटडाउन भएको थियो ।

आगामी शुक्रबारसम्म पनि शटडाउन अन्त्य नभए अमेरिकी सरकार शटडाउनको अहिलेसम्मको इतिहासमा नै यो शटडाउन सबैभन्दा लामो बन्नेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटै कार्यकालमा अमेरिकी सरकार तेश्रो पटक शटडाउन भइरहेको छ ।

यसअगाडि राष्ट्रपति बराक ओबामाको कार्यकालमा सन् २०१७ को अक्टोबर १ देखि १६ दिनसम्म अमेरिकी सरकार शटडाउन भएको थियो । राष्ट्रपति बिल क्लिन्टनको पालामा भने २१ दिन र ५ दिन दुईपटक अमेरिकी सरकार शटडाउन भएको थियो ।

सन् १९९० मा राष्ट्रपति जर्जबुसका पालमा एकपटक ३ दिन अमेरिकी सरकार शटडाउन भएको थियो । राष्ट्रपति रोनाल्ड रेगनका पालामा ८ पटकमा जम्मा १३ दिनसम्म अमेरिकी सरकार शटडाउन भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति जिम्मी कार्टरका पालामा ५ पटक अमेरिकी सरकार शटडाउन भएको थियो । कार्टरका पालामा सबैभन्दा लामो १८ दिनसम्म अमेरिकी सरकार शटडाउन भएको थियो । त्यो भन्दा अगाडि सन् १९७६ मा जेराल्ड फोर्डका पालामा पनि एकपटक अमेरिकी सरकार शटडाउन भएको थियो । अहिलेसम्म अमेरिकी सरकार २१ पटक शटडाउन भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com