मंगलबार विशेष सम्बोधन गर्दै ट्रम्प, घोषणा गर्लान् त संकटकाल ?


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको न्युयोर्क समय अनुशार मंगलबार राती ९ बजे राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि अमेरिकामा संकटकालको घोषणा गर्नसक्ने चर्चा भइरहदा यो सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ट्रम्पले सिमा सुरक्षाका विषयमा नै सम्बोधन गर्ने जनाइएको छ । ट्रम्पको सम्बोधनको एनबीसी, एबीसी, सीबीएस, फक्स, सीएनएन, एमएसएनबीसी लगायतका अमेरिकी राष्ट्रिय च्यानलहरुले ट्रम्पको सम्बोधनको प्रत्यक्ष प्रशारण गर्ने भएका छन् ।

अमेरिकी राष्ट्रपतिहरुले दशकौंदेखि यस्ता घोषणाहरुका लागि ह्वाइटहाउसको ओभल अफिस प्रयोग गर्दै आएका छन् । ट्रम्पले ट्वीटरमार्फत आफूले राष्ट्रिय सम्बोधन गर्न लागेको घोषणा गरेका हुन् । सिमाक्षेत्रमा व्यप्त संकटको उल्लेख गर्दै ट्रम्पले पूर्वीय समय अनुशार राती ९ बजे सम्बोधन गर्न लागेको जनाएका हुन् ।

कैयन ट्रम्पविरोधीहरुले संचारमाध्यमहरुलाई ट्रम्पको सम्बोधनको प्रत्यक्ष प्रशारण नगर्न आग्रह समेत गरिरहेका छन् । राती ९ बजेका शोहरु स्थगित गरेर प्रत्यक्ष प्रशारण गर्नुपर्ने भएकाले सुरुमा टेलिभिजन च्यानलहरु पनि अन्यौलग्रस्त भएका थिए । तर पछि उनीहरुले प्रत्यक्षप्रशारण गर्न सहमति जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१४ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाको अध्यागमनबारेको सम्बोधन कैयन टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्न अस्वीकार गरेका थिए । एबीसी, एनबीसी, सीबीएस लगायतका टेलिभिजनहरुले ओबामाको सम्बोधन प्रशारण गरेनन् ।

ट्रम्पको सम्बोधन पनि प्रत्यक्ष रुपमा टेलिभिजनबाट प्रशारण गर्नेमा विवाद रहदै आएको छ । कतिपयले ट्रम्पले सम्बोधनका क्रममा कैयन गलत सुचनाहरु दिने भएकाले उनको सम्बोधन प्रत्यक्ष प्रशारण गर्न नहुने धारणा व्यक्त गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com