अष्ट्रेलियामा २०१८ मा अपराधिक क्रियाकलापमा संलग्न भएका कारण सयौं देश निकाला


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

अष्ट्रेलियामा गत वर्ष अर्थात २०१८ मा अपराधिक क्रियाकलापमा संलग्न सयौं जना देश निकाला भएका छन् । मन्त्री पिटर डटनले अपराधिक मानसिकता भएका व्यक्तिलाई अष्ट्रेलियामा ठाउँ नभएको बताएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत वर्ष ८ सय जनालाई देश निकाला गरिएको छ ।

देश निकाला भएका ८ सय जना मध्ये १ सय जना बालयौन हिँसामा संलग्न थिए । ५ सय जना हिंसात्मक घटनामा संलग्न थिए । ५३ जना घरेलु हिंसामा संलग्न भएका कारण कारबाहीमा परेका थिए । त्यस्तै, ३४ जना यौन हिंसा, १३ जना हत्या, १सय २५ जना हिंसात्मक आक्रमण, ५६ जना लुटपाट सम्बन्धि अपराधिक क्रियाकलापमा संलग्न थिए ।

घरेलु हिंसा न्यूनीकरणको लागि सरकारले चालेको कडा कदम, भिसामा कडाइ आदिका कारण २०१९ मा रद्द हुने भिसाको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

Himalayan Kangaroo

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com