अमेरिकाको रक्षा मन्त्रालयका प्रमुख कर्मचारी रिएर एड्माइरल केभिन स्विनीले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार आफ्नो जिम्मेवारी त्यागेका अधिकारीहरुले जानकारी दिएका छन् ।
‘पेन्टागनमा प्रवेश गरेको दुई बर्षपछि मैले यहाँबाट बाहिरिने निर्णय गरेको छु, निजी क्षेत्रमा फर्किने यो मेरो उपयुक्त समय हो भन्ने लागेको छ,’ जनवरी ५ मा जारी गरेको उनको वक्तव्यमा भनिएको छ ।
उनले सन् २०१७ को जनवरीदेखि अमेरिकाको रक्षा मन्त्रालयको प्रमुख कर्मचारीका रुपमा जिम्मेवारी सम्हाल्हेका थिए । पदमुक्त भएका स्विनीले आफूले राजिनामा दिनु पर्नाको कारणका बारेमा भने वक्तव्यमा केही उल्लेख गरेका छैनन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।