जापानमा एक नेपालीको निधन


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

नेपालको म्याग्दी घर भई जापानमा लामो समयदेखि बस्दै आएका एक नेपालीको शनिवार इवाराकीमा निधन भएको छ ।

५१ वर्षिय गोपाल मल्लको शनिवार दिउँसो इवाराकी केनस्थित कोगा सिटीको हिगासी यामातामा रहेको साथीको कोठामा निधन भएको हो ।

विगत ३१ वर्ष देखि जापानमा रहेका मल्लका श्रीमती र ३ छोराहरु छन् । उनी लामो समयदेखि बेरोजगार रहेको र साथीभाइहरुसंग आश्रय लिएर जापानमा बस्दै आएको बताइएको छ ।

मल्लको प्रतिकुल स्वास्थ्य स्थिति र सो अनुसारको उचित ध्यान पुर्‍याउन नसकेका कारण मृत्यू भएको हुन सक्ने निकटवर्तीहरुको अनुमान छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मल्लको शवलाई शनिवार सांझदेखि प्रहरीले जिम्मा लिएको र परिवारका सदस्यहरुसंग सम्पर्कको प्रयास भईरहेको बताईएको छ ।

घटना पश्चात दर्शन समाज जापानका पदाधिकारीहरु आवश्यक सहजीकरणका लागि त्यसतर्फ प्रस्थान गरेको समाचार समुद्रपारि डट कमले लेखेको छ ।

जापानी श्रीमतीसंग सम्बन्ध विच्छेद गरी मल्लले नेपालीसंग विवाह गरेका थिए । केही वर्ष अगाडिसम्म जापानमै रहेकी उनकी नेपाली श्रीमती हाल भने नेपालमा छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com