चीनका राष्ट्रपतिले किन भने, ‘युद्धका लागि तयार हुनुहोस् सेना’ ?


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

चीनका राष्ट्रपति शी जिनपिंगले देशले संकटकालको सामना गरिरहेका कारण पिपल्स लिबरेशन आर्मी अर्थात् पिएलए युद्धको स्थितीका लागि तयार हुनुपर्ने बताएका छन् ।

शुक्रबार सेन्ट्रल मिलिट्री कमिशन (सिएमसी) को बेइजिङमा भएको बैठकमा कशिशनका अध्यक्ष शी जिनपिङले देशमा विभिन्न प्रकारको खतरा बढिरहेकाले अधिकारीहरु सतर्क हुनुपर्ने बताएका छन् ।

द ग्लोबल टाइम्समा छापिएको एक खबर अनुसार शुक्रबार भएको बैठकमा शी जिनपिंगले भने, ‘संसारमा यस्ता विभिन्न परिवर्तन भइरहेका छन् जुन पछिल्लो एक शताब्दीमा भएका थिएनन् र चीन अहिले पनि त्यही अवस्थामा छ जहाँ विकासको रणनीतिक अवसर चीनका लागि महत्वपूर्ण छ ।’

पत्रिकाका अनुसार उनले सैनिकको तालिमका लागि आवश्यक एक आदेशमा पनि हस्ताक्षर गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, साउथ चाइना मर्निङ पोष्टले जिनपिङको भनाई उद्धृत गर्दै लेखेको छ, ‘सबै सैनिकले राष्ट्रिय खतरा र विकासको धारालाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ र जस्तो सुकै स्थितीका लागि तयार हुनुपर्छ ।’

युद्धका लागि तयार हुनु भन्दै किन आदेश दिए ?

‘द ग्लोबल टाइम्स’ ले रक्षा मामलाका जानकार सोंग जोंगपिंगलाई उद्धृत गर्दै लेखेको छ, ‘उक्त आदेशमा भनिएको छ कि पिपल्स लिबरेशन आर्मीले चीनको स्थापना दिवसको ७० औं वर्षगाँठको अवसरमा थियानमेन चोकमा सैन्य परेडको आयोजना गरिनेछ जसमा पिएलको सही युद्ध क्षमतालाई प्रदर्शन गरिने छ । ’

उनका अनुसार यो मौकामा सेनाको यस्तो झलक देख्न पाइनेछ जसले युद्ध जित्ने क्षमता राख्छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीन दक्षिण चीन सागरमा आफ्नो उपस्थिती मात्र नभई नियन्त्रण पनि बढाउन चाहन्छ । अमेरिकासँग व्यापार युद्धको विषयमा र ताइवानसँग पनि चीनको सम्बन्ध तनावग्रस्त छ ।

चीन र अमेरिका संसारका दुई सबैभन्दा ठूला अर्थव्यवस्था हुन् र संसारको बजारमा आफ्नो अधिकारका लागि एक प्रकारको परोक्ष लडाईं लडिरहेको छ । दुबै एक अर्काको आयातमा अतिरिक्त शुल्क लगाइरहेका छन् ।

शी जिनपिंगले बैठकमा भने, ‘आपत्कालीन स्थितीमा सेनाले तुरुन्त प्रतिक्रया  देओस् र यसका लागि ऊ तयारी अवस्थामा हुनैपर्छ । हामीले साझा अभियानको क्षमता पनि बढाउनुपर्छ र युद्धको नयाँ तरिकाका लागि तयार हुनुपर्छ ।’

चीनको सेन्ट्रल मिलिट्री कमिशनले सैन्य इकाइबीच सार्वजनिक गतिविधी गराइरहेको यो दोस्रोपटक हो । यसअघि गत वर्ष जनवरी ३ तारिखमा पहिलो पटक यस्ता क्रियाकलाप भएका थिए ।

यद्यपी, रक्षा विशेषज्ञ जिनपिंगले सेनाको मनोबल बढाउन र संसारलाई आफ्नो सैन्य ताकतको महसुस गराउनका लागि यस्तो भनिएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com