चीनका राष्ट्रपतिद्वारा सेनालाई तयार रहन निर्देशन


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

चीनका राष्ट्रपति सी जिनपिङले देश अहिले संकटको सामना गरिरहेको र पिपुल्स लिबरेसन आर्मी (पीएलए)लाई युद्धको लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
गएको शुक्रबार सेन्ट्रल मिलिटरी कमिसन(सीएमसी) को बैठकमा बोल्दै चिनियाँ राष्ट्रपतिले सो कुरा बताएपछि त्यसको विश्वभरी नै चर्चा भएको छ । उनले चीन कस्तो खालको संकटमा परेको हो र किन उनले सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिए भन्ने कुरा चाहिँ खुलेको छैन ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्समा शनिबार प्रकाशित समाचार अनुसार चिनियाँ राष्ट्रपतिले भनेका थिए,“विश्वमा यस्तो बदलाव भइरहेको छ कि जुन गएको एक शताब्दीमा पनि भएको थिएन । र, चीन उस्तै अवस्थामा रहेको छ । उसका लागि विकासको रणनीतिक अवसर महत्वपूर्ण हो ।” उनले सैनिकका लागि आवश्यक तालिमको लागि एक आदेशमा पनि उक्त अवसरमा हस्ताक्षर गरेका थिए । सबै सैनिक टुकडीले राष्ट्रलाई परिरहेको खतरा र विकासको धार दुवै पक्षलाई बुझ्नुपर्ने र जस्तो सुकै अवस्थाको सामना गर्न तयार रहनुपर्ने उक्त अवसरमा बताएका थिए ।

ग्लोबल टाइम्सले रक्षा मामिलाका विज्ञ सोंग जोंगपिंगलाई उद्धृत गर्दै जनाएअनुसार राष्ट्रपतिले हस्ताक्षर गरेको आदेशमा चीनको पिपुल्स लिब्रेसन आर्मीका सबै टुकडीलाई स्थापनाको ७० औं वर्षगाँठका अवसरमा तियानमेन स्क्वायरमा परेडका अतिरिक्त पीएलएले युद्ध क्षमताको प्रदर्शनसमेत गर्ने जनाइएको छ । उक्त परेडका अवसरमा चीनले आफ्नो सेना युद्ध जीत्नको लागि सक्षम छ भन्ने देखाउन खोजिएको छ ।

रोयटर्सका अनुसार चीन दक्षिण चीन सागरमा आफ्नो उपस्थिति मात्रै होइन नियन्त्रण अझै बढाउन चाहन्छ । साथै अमेरिकासँगको व्यापार मुद्दालाई लिएर पनि तनाव भइरहेको छ । त्यसैगरी ताइवानसँग समेत चीनको अहिलेको सम्बन्ध तनावग्रस्त रहँदै आएको छ । चीन र अमेरिका अहिले विश्वका सबैभन्दा ठूला अर्थतन्त्र हुन् । यी दुई मुलुक अहिले बजारको लागि परोक्ष लडार्इंमा छन् । त्यसलाई विश्वव्यापी रुपमा अहिले ‘टे«ड वार’ भनिदै आएको छ । दुवैले एक अर्का देशबाट हुने आयातमा अतिरिक्त कर लगाइरहेका छन् ।
चिनिया राष्ट्रपतिले बैठकमा भनेका थिए,“आपतकालीन अवस्थामा सेना तयारी अवस्थामा रहनु पर्दछ । हामीले साझा अभियानको क्षमतापनि बढाउनु पर्छ र युद्धका नयाँ तरिकाको लागि पनि तयार रहनु जरुरी छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com