अमेरिकी विदेशमन्त्री पोम्पेओ मध्यपूर्वका आठ देश जाने


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ अर्को हप्ता मध्य पूर्वका आठ देशको भ्रमणमा जानुहुने भएको छ ।

मध्यपूर्वका आठ देशको राजधानीमा हुने भेटघाटका क्रममा उहाँले यमन युद्ध, सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने तयारी र अरबी पत्रकार जमाल खशोग्जीको हत्याका बारेमा छलफल हुने भएको छ । आठ दिने भ्रमणका लागि पोम्पेओ आउदो मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुहुने अधिकारीहरुले जनाएका छन् ।

उहाँले अमान, कायरो, मानामा, अबुदाबी, दोहा, रियाद, मुस्कट र अन्त्यमा कुवेत सिटीको भ्रमण गर्नुहुने भएको हो । विदेश मन्त्री पोम्पेओको भ्रमण तालिका अधिकारीहरुले शुक्रबार तय गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेको झण्डै दुई हप्तापछि विदेश मन्त्री पोम्पेओले ती देशहरुको भ्रमण गर्न लाग्नु भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्रमणका क्रममा उहाँले कायरोमा महत्वपूर्ण सम्वोधन गर्ने कार्यतालिका समेत रहेको एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
भ्रमणको दोस्रो दिनमै हुने त्यस सम्वोधन मार्फत् उहाँले मध्य पूर्वलाई अमेरिकाले नछोडेको सन्देश दिने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com