१९९ सिटको यात्रुवाहक जहाजमा एक्ली यात्रु !तस्वीर बन्यो भाईरल


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

प्राइभेट जेट विमानमा यात्रा गर्नु जो कोहीको सपना हुनसक्छ । तर भाग्यमानी हरुलाई चाहीँ यात्रुवाहक जेट विमानमै प्राइभेट जहाजको जस्तै चिठ्ठा पर्दो रहेछ ।हालै एकजना महिलाको जिवनमा यस्तै सुखद घटना भएको छ । १ सय ९९ सिटको जेट विमानमा उनले एक्लै यात्रा गर्न पाएकी छिन् ।

यात्रुवाहक जेट विमानमा एक्लो यात्रुको रुपमा यात्रा गर्ने ती भाग्यमानी महिला फिलिपिन्सकी हुन् । जुन यात्रा उनको जिवनमा सपना भन्दा कम थिएन । किनकी जहाजको एउटा सिटको टिकट खरीद गर्नु उनका लागि पूरै जहाज नै बुकिङ गरे सरह भयो ।घटना गत डिसेम्बर २४ को हो । लुइसा एरिस्पे नामकी युवतीले फिलिपिन्सको डिभोबाट मनिला जानका लागि फिलिपिन्स एयरको जहाजको टिकट काटिन् । उनले जहाज चढ्नका लागि बोर्डिङ पास लिइन् । जब उनी जहाज भित्र छिरिन् तब उनले अरु कोहीपनि यात्रु जहाजमा देखिनन् । सुरुमा त उनी झसँग भइन् । तर अन्ततः उनलाई थाहा भयो कि त्यो १ सय ९९ सिटे जहाजको त्यो उडानमा टिकट काट्ने उनी एकमात्र यात्रु थिइन् ।

फ्लाइटमा रहेका क्याबिन क्रूले उनलाई त्यो कुराको जानकारी गराए । त्यो थाहा पाएपछि उनी केही आत्तिइन् पनि । तर एयर होस्टेजहरुले सम्झाए । त्यसपछि त उनले जिवनमै नभोगेको आश्चर्य अनुभुति गर्दै यात्रा गरिन् । उनले यात्रा अवधिभर जहाजको उडानमा पाउने सबै सुविधा प्राप्त गरिन् । उनी जहाज यता उता गरिरहिन् । उनले जहाजका स्टाफहरु तथा पाइलटसँग समेत सामूहिक तस्वीर पनि खिचाइन् ।

लुइसाले फेसबुकमा त्यो अभूतपूर्व घटनाको विवरण तथा तस्वीरहरु शेयर गरेकी छिन् । उनको फेसबुक पोष्ट भाइरल बन्यो । नबन्ने कुरै भएन । किनकी यस्तो मौका दुनियाका सायदै कसैलाई प्राप्त हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com